दूल्लु, १७ जेठ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे । ‘सात गते उनी भारतबाट आएका थिए ।
भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नु भएको हो ।’ उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज –शनिबार) आउने भनिएको नगर प्रमुख भण्डारीले बताए ।
युग संवाददाता । । १७ जेष्ठ २०७७, शनिबार १०:४३