खानापछि एकको मृत्यु, दुईको अवस्था गम्भिर

रामचन्द न्यौपाने
डोल्पा, ३ जेठ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने रल्ली गाउँका एकै घरका तीन जना खाना खाएपछि एकाएक बेहोस भएका थिए । बेहोस भएका एक जनाको मृत्यु भएको छ भने दुई जना अचेत अवस्थामा रहेका छन् । मृत्यु हुनेमा ३२ बर्षिया श्रीमान सुकलाल कुलाल हुन । मृतक कुलालकी २७ बर्षिया श्रीमती बिन्दु कुलाल र २८ बर्षिया श्रीमती रुप्सि कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ । शुक्रबार राती करिब आठ बजे तिर खाना खाईसकेपछि लगातार उल्टी गर्न सुरु गरेपछि तीनै जनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पु¥याइएको थियो ।

मेडिकलमा नसकिने बताएपछि तीनै जनालाई रातारात जिल्ला अस्पतालमा पु¥याइएको र उपचारको क्रममा सुकलाल कुलालको मृत्यु भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । अचेत अवस्थामा रहेका दुबै जनालाई आई.सि.यु मा राखेर उपचार गर्नुपर्ने भएकाले शनिवार दिउँसो करिब १२ बजेतिर माउन्टेन एयरको हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको रञ्जितकारले बताए । घटना कसरी घट्यो भन्ने बिषयमा अनुसन्धान गर्न प्रहरी निरिक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ खटाई सकिएको बताइएको छ ।

उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलको रुपमा लिइ सकिएको प्रहरीले जनाएको छ । खानामा कसैले विष हालेकाे, खानासंगै विष खाएको वा खानानै बिष बनेको हो अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । अस्पताल ल्याई पु¥याउन्जेल मृतक कुलालको हातका पल्सहरु पूर्ण रुपमा बन्द भइसकेको डाक्टर मेलिना हमालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया