सिम्तामा नेपाली काँग्रेसको कोरोना राहत कोषमा सहयोग

दुर्गा विसि
सुर्खेत (सिम्ता), २ जेष्ठ ।
नेपाली काँग्रेस सिम्ताले कोरोना नियन्त्रणको लागि आर्थिक र स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना महामारी तथा कोभिड–१९ ले विश्व अक्रान्त हुँदै गएको यो समयमा सिम्ता गाउँपालिकाबासीलाई कसरी सुरक्षित राख्ने र बचाउने भन्ने विषयमा मात्रै केन्द्रित हुन नेपाली कांग्रेस सिम्ताले विशेष अनुरोध गरेको छ ।

यो अबस्थालाई न्युनिकरण गर्नको लागि सिम्ता गाउँपालिकाको राहत कोषमा २५ हजार नगद र १ पेटी साबुन, २ सय वटा मास्क र ४ डिब्बा सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानीको नेतृत्वमा गाउंँपालिका परिवारलाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको मुख्य अध्ययन अन्ययन्त्र नभई कोरोना रोकथाममा जुट्न समेत अनुरोध गरिएको छ । सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, प्रमुख प्रशासकिय अधिकृत जनक हमालले सहयोग मनहरुलाई नगर रुपैयाँ र सामाग्री बुझि सकेपछि धन्यवाद दिएका थिए ।

कोरोना एकलै गाउँपालिका मात्रै प्रास्त गर्न नसकिने र सबै निकायको जरुरत सहयोग चाहेको जनाएको छ । गाउँपालिकाले यस्तो कार्यको लागि हातेमालो गरी अघि बढ्न सबै दल, संघ संस्था, निकाय, व्यक्ति समुदायलाई अपिल समेत गरिएको छ ।

३० जनाको पिसिआर परिक्षण
सिम्ता गाउँपालिकाले आज (शुक्रबार) नै विदेशबाट आएका,जोखिममा रहेका स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, गाडी चालक र जनप्रतिनिधि लगायत ३० जनाको पिसिआर परिक्षण गरेको छ । सिम्ता गाउँपालिकामा जिल्ला जनस्वास्थ्य सेवा कार्यलय सुर्खेतको टोलिले स्वाब संकलन गरि लगेको छ । जसको रिपोर्ट ४ दिन भित्र आउने स्वास्थ्य शाखा सिम्ता गाउँपालिका प्रमुख विरेन्द्र पुनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया