एमयू र एनरेनबीच शिक्षण प्रविधिकाे सम्झौता

सुर्खेत, २० बैशाख ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) विच अनलाईन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र एनरेनतर्फ अध्यक्ष, लोचन लाल अमात्यले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता बमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल ३ महिनाको लागि २० वटा कर्परेट जुम (Zoom) लाईसेन्स उपलब्ध गराएको हो । प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड समयका लागि मिटिङ वा कक्षा सञ्चालन गर्न सकिने छ जसमा एकै चोटीमा ३०० जना जोडिन सक्नेछन् । हाल सबै लाइसेन्स सुचारु भई विश्वविद्यालय अन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुई वटा स्कुल, बाह्र आंगिक तथा सम्बन्धन प्राप्त गरी देश भरिका जम्मा १९ क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको जानकारी दिइएको छ ।

विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले अनलाईन शिक्षण क्षेत्रमा लोकप्रिय जुम टुल प्रयोग गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुले आवश्यक मिटिंङ तथा अनलाईन कक्षा निर्वाध रुपमा सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभएको छ । एनरेन सूचना तथा संचार प्रविधि (आइसिटी) र उच्च ब्याण्डविथको प्रयोग गरि ज्ञानमा आधारित समाज निर्माण कार्यमा संग्लग्न विश्वभरी कार्यरत एक गैर–नाफामुलक संस्था हो ।

तपाईको प्रतिक्रिया