जन्मदिनको अबसरमा राहत वितरण

तुलराज पाण्डे
कालिकोट, २० बैशाख ।
जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ का दलित परिवारहरुको बर्षभरी खान पुग्ने अन्न फलाउन जमिन छैन् । गाँउमा झण्डै ४० परिवार दैनिक मजदुरी गरेर छाक परिवार पाल्दै आएका छन् । यति बेला गाँउमा गहुँ पाकेका खेतहरुले ढकमक्क छ । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउनमा छ । ती मजदुरी गर्ने परिवारहरुले मजदुरी गर्न पाएका छैनन् । उनीहरुलाई रोग लाग्ने चिन्दा भन्न्दा भोक लाग्ने चिन्ताले बढी पिरोलिरहेको छ । घरमा छाक टार्न अन्न सकिएका बेला उनीहरुले राहत पाएपछि खुसी व्यक्त गरेका छन् ।

खाँडाचक्र नगरपालिका वडा नं. ८ निवासी सन्तोश मल्लको जन्मदिनको अवसरमा त्यहाँका १ सय २० दलित तथा अति विपन्न परिवारहरुलाई राहत बितरण गरिएको हो । नेपाली कांग्रेसका वडा सभापती समेत रहेका समाजसेवी युवा मल्लले आफ्नो जन्मदिनका अवसरमा गाँउका सबै दलित परिवार र अन्य जातिका अति विपन्न परिकार गरी १ सय २० परिवारलाई प्रति व्यक्ति २० किलो चामल, एक पोका नुन र एक पोका तेलका दरले राहत बाँडे ।  स्थानीय सपुरी परियारले भनिन् ‘हामीलाई रोग भन्दा बढी भोकको चिन्ता थियो । घरमा छाक टार्नका लागिग केही थिएन् । खाँडाचक्र नगरपालिकाले पहिलो चरण दिएको १५ किलो चामलले कति दिन टर्ने थियो । अन्न फल्ने आफ्नो खेत छैन् । अरुको खेतमा गहुँ फलेको छ । त्यही हेरेर भोक मार्नु पर्ने अवस्था थियो । अब त केही राहत भयो ।’

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सरकारले गरेको लकडाउनले गर्दा गाँउमा पनि आयआर्जन गर्न सकिने कामहरु बन्द छन् । दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवीकोपार्जन गर्नेहरुका लागि निकै समस्या भएको छ । खाँडाचक्र नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष आदिचन्द चौलागाईले भने, तर हामी नागरिकको साथमा छौँ । हामी कसैलाई पनि भोकले मर्न दिदैनौँ ।

स्थानीय युवा सन्तोस मल्लले वडा कार्यालयकै समन्वयमा पिपन्न परिवारलाई ठुलो सहयोग गरे । उनले जस्तै अरु युवाहरुले पनि सिको गर्न जरुरी छ । सरकारसँगै समन्वय गरेर समाजसेवी युवाले आफ्नो जन्मदिनमा गरेको यो सहयोग जिल्लामा अहिलेसम्मकै ठुलो हो । समाजसेवी युवा मल्लले जन्मदिन मनाउनका लागि ठुला ठुला होटल रिर्जव गर्नुभन्दा आफ्ना गाँउका असाय विपन्न र दलित परिवारहरुसँग मनाउदा निकै आनन्द महसुस भएको बताए । उनले भने, मैले मेरो जन्म दिनमा घरका अभिभावक र गाँउका सबै नागरिकहरुको एकैसाथ आश्रीबाद पाँए ।

तपाईको प्रतिक्रिया