डोल्पामा १ सय ७२ घरधुरीलाई राहत वितरण

रामचन्द्र न्यौपाने
डोल्पा, २० बैशाख
डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ३ ले दलित,गरिव,श्रमिक लगायतका लक्षित बर्गलाइ राहत वितरण गरेको छ । वडा भित्रका १ सय ७२ घरधुरीलाई राहत स्वरुप चामल,नुन,तेल लगायतका सामग्रिहरु वितरण गरिएको छ ।
न्युन आयस्तर भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका जिल्ला बाहिरका १ सय २२ घरपरिवारलाई राहत बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

वडा भित्रका घरपरिवारले ३० किलो चामल,दुई पाकेट नुन,दई पाकेट खाने तेल,दुई चक्की साबुन र बाहिर जिल्लाका श्रमिकले १५ किलो चामल,एक पाकेट नुन,एक पाकेट तेल र एक साबुन पाएकाहुन् । नगरपालिकाले बनाएको निति अनुसार राहत बितरण गरेको बताउँदै परिमाणका हिसाबमा अन्य जिल्ला भन्दा धेरै राहत बाँडेको वडा अध्यक्ष अर्ण न्यौपानेले बताए ।

वडा भित्र र बाहिरका भनेर राहत वितरणमा विभेद गरिएको भन्दै जिल्ला बाहिरका श्रमिहरुले बिरोध गरेका थिय । नगर प्रमुख गणेश बहादुर शाहीले स्थानीय र श्रमिकले प्राथमिकताका आधारमा धेरै राहत पाएको बताउँदै वडा क्षेत्रमा बसोबास गर्ने कुनै पनि नागरिक भोकै बस्नु नपर्ने बताए । नगरपालिकाको वडा नम्बर १,२,३ र ४ का घरपरिवारलाई किडार्क नेपालले पचास हजार बरारबरको साबुन हस्तान्त्रण गरेको छ ।

तपाईको प्रतिक्रिया