पदमोहमा नेकपा कमजोर नबनाउनुस !

घनश्याम पाण्डे
नेकपा सुर्खेत (जिल्ला कमिटी सदस्य)

कोरोना संक्रमण :
अग्रेजी बर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको बुहान शहरबाट फैलिएको नोभेल कोरोना भाईरस COVID 19 का कारण संसारभरका मानवसमुदाय भयभित छन । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाईरसले तङग्रिन नै गारो हुने गरी गोजली रहेकोछ । भाईरसको उद्गमस्थल बुहान र चीन क्रमिक रुपमा तङग्रिन त खोज्दैछ तर बिकशित देखिएका युरोप, अमेरिका लगायतका मुलुकहरूमा यो अझ डरलाग्दो र भयंकर रुप ग्रहण गरी मौलाई रहेकोछ । आजसम्म करिव ३३ लाख भन्दा बढी मानिस यस भाईरसबाट सङक्रमित भएका छन् भने २ लाख ३५ हजार हाराहारी मानिसको मृत्यु भैसकेकोछ । अनि १० लाख ५० हजार बढी निको भई घर फर्किएका छन् भने अझै ५१ हजार बढी मानिस दयनिय अवस्थामा छन र मृत्युसँग अन्तिम लडाई लडिरहेका छन् । दक्षिण एसियामा भाईरसको प्रभाव दिनानुदिन बढिरहेकोछ ।

भारत, अलि पर ईरानमा यो भाईरसले नराम्रो प्रभाव पार्दै गर्दा सुन्दर हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । यद्यपि हामी कहाँ यो भाईरसको प्रभाव कमजोर देखिएकोछ । आजसम्म कुनै मानिस मृत्युको सिकार भएका छैनन । नेपाल सरकारको संवेदनशिल कदम, लगातारको बन्दाबन्दी अनि नागरिकले पनि मानवहित र आफ्नो सुरक्षाका लागि सरकारको आदेशलाई जति सकिन्छ अनुशासितपूर्वक पालना गरिरहेका छन् । हाम्रो सन्दर्भमा हामी सकारात्मक बाटोमा हिडिरहेका छौं । सरकारको निरन्तरको पहलकदमी, नागरिकप्रतिको दायित्वबोध र स्वास्थ्यकर्मीहरुको अथाह मिहिनेतले हामीलाई विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोना भाईरसको अतिजोखिम पूर्ण देशबाट हटाएकोछ । हामी सुरक्षित बन्दै गईरहेकाछौं । यो हाम्रा लागि अति सुखद समाचार हो ।

प्रधानमन्त्री विरुद्धको घेराबन्दी :
देश कोरोनासँग लडिरहेकोछ । नागरिक बन्दाबन्दीका कारण घरभित्र बसिरहेका छन् । सम्पुर्ण उद्योग, कलकारखाना बन्द छन् । विकास र निर्माणका कामहरु स्थगन नै छन् । स्कुल कलेज बन्द हुने नै भए । माध्यमिक शिक्षा, विश्वविद्यालय शिक्षाका कक्षा मात्र होईन परिक्षाहरु समेत स्थगित भैरहेका छन् । बजार र पसल बन्द छन् तर नेपालको राजनिति तरङ्गित भैरहेकोछ । कोरोना भाईरसबाट मानवसभ्यता जोगाउनु पर्ने युगिन समयमा हाम्रा देशका नेताहरु राजनितिको बजार चाहारी रहेकाछन् । यो बहुतै उदेकलाग्दो घटना हो । यो भाईरसबाट श्रृजित महामारीलाई उचित ढङ्गले ब्यबस्थापन गर्दा दक्षिण कोरियामा सरकार पक्षधर पार्टीले भर्खर भएको आम निर्वाचनमा बिजय प्राप्त गरेकोछ तर हामी कहाँ एकजना समेत हताहती भएका छैनन । आजसम्म पनि संक्रमित संख्या दुई अङ्कमा सिमित गर्न सफल सरकारको आफ्नै पार्टीका पूर्व प्रधानमन्त्रीहरु दिनगन्ती सुरु गरिरहेका छन् । प्रधानमन्त्रीलाई घेराबन्दी गरिरहेका छन् ।

बडो लदेकलाग्दो कुरा त के छ भने संसदमा नेपाल कम्यूनिस्ट पार्टीको दुई तिहाई बहुमत छ । प्रधानमन्त्री दोश्रो पटक मृगौलाको सफल प्रत्यारोपणका बावजुत दैनिक १८ घण्टा काममा खटिईरहेका छन् । दुई बर्ष पुग्दा नपुग्दै आफ्नै पार्टीका शीर्ष नेताहरु, स्वयं अर्का अध्यक्ष र केही पूर्व प्रधानमन्त्रीसमेत सरकार परिवर्तनको झ्याली पिटिरहेका छन् । अझ गम्भीर सवाल त यो छ कि मन्त्री र कुर्सी नपाउँदा पार्टीबाट बिद्रोह गर्न खोज्नेहरु मन्त्री बनाउँछु भन्दा बिहान पार्टी र दिनमा मन्त्रीको सपथ खानेहरु नै नैतिकताको पाठ पढाउँछन । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री छन तर उनलाई हटाउन अर्का अध्यक्ष पार्टीका संसदसँग हस्ताक्षर क्याम्पिङ गर्दछन । संसारभर कोरोना भाईरसको महामारीले सुन्दर मानवसभ्यतालाई बिखण्डित गरिरहेकोछ तर हामीकहाँ एकता प्रकृया पूरा भैनसकेको पार्टीलाई अस्थिरता र बिखण्डनको नाटक मञ्चन गरिरहन्छन ।

एमाले विभाजनको पिडा :
नेपाल कम्युनिस्ट पार्टी एमाले २०५४ सालमा पुगदा लोकप्रियताको शिखरमा पुग्यो । केही बिबादहरु, आन्तरिक समस्या, केही सैद्धान्तिक राजनीतिक सवाल, मुलरुपमा ब्यक्तित्वको टकराव समाधान गर्न नसक्दा फुट्यो । एमाले पार्टीको बिभाजनले राष्ट्रिय संकट यति बढेर गयो कि अन्ततः२०४७ सालमा पुनस्र्थापना भएको बहुदलिय प्रजातन्त्र नै अस्थिर भयो । त्यस्तै २०६४/०६५ को माओवादीको उचाई बिभाजनको प्रकृयापछि छिनभरमै मैदानमा परिणत मात्र भएन त्यस पार्टीमा कति गहिरो संकट पर्यो हामीले देखेका छौं । हाम्रा नेताहरुका लागि के हुन्छ मलाई थाहाछैन, सर्वहारा श्रमजिबी बर्गका लागि बिभाजन पिडादायी हुन्छ ।

समाजबादको कल्पना गरी जिन्दगी बिताएका न्यायप्रेमी जनसमुदायका लागि यो पिडादायी हुन्छ । शहिद, आफ्ना पृयजन र साहारा गुमाई दुःख पाएका सहिद परिवार र घाईते अपाङ्गता भएका ब्यक्तिका लागि बिभाजन झन पिडादायी हुन्छ । यो हाम्रा नेताहरुले थाहा पाएका छैनन होला र ? पक्कै पनि जानकारछन् । दुःखको कुरा हाम्रा पूर्व प्रधानमन्त्रीहरुलाई शहिदको बलिदानी पुर्ण जीवन र रगत, उनका सपना र घाईते अपाङको त्याग भन्दा कुर्सी प्रिय लाग्दैछ । नेपाली श्रमजीवी जनताको समाजवाद स्थापना गर्ने लक्ष्य भन्दा कथित गुटहरु र ब्यक्तिगत स्वार्थ अनि अकुत धनसम्पत्ति प्रिय लाग्दैछ ।

सामुहिकता र तार्किकता :
हाम्रो पार्टीले बिगत निर्वाचनमा जनताको लोकप्रिय मत पाएर सुदृढ र स्थायी सरकार गठन गर्न सफल भयौं । आज नेपाल कम्युनिस्ट पार्टी र हाम्रो आन्दोलनलाई कमजोर बनाउन एवं एकीकृत पार्टीलाई छिन्नभिन्न पार्न देशी, बिदेशी शक्तिहरु क्रियाशिल रहेको स्पष्ट नै छ । यो संगिन घडीमा हाम्रा नेताहरु कृपया तपाईहरु आफ्नै आत्मलाई सोध्नुहोस, तपाईहरु ठिक गरिरहनु भएकोछ ? यो स्थितिको लागि कतै तपाई नै त जिम्मेवार हुनुहुन्न ? हो पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका पनि केही समस्याहरु छन् । तपाईहरुसँग प्रयाप्त छलफल भए गरेका छैनन वा गर्नुहुदैन भन्ने गुनासहरु छन् । केही केही बेमौसमी र विवादस्पद निर्णयहरु पनि यस बिचमा भएका छन् । त्यसो हो भने यो संगिनघडीमा सुझपुर्ण संवादमार्फत समाधान निकाल्नु पर्नेछ । केन्द्रीय सचिवालय मात्र होईन तहगत कमिटी प्रणाली र बैठक÷छलफलहरुलाई ब्यबस्थित बनाउनु पर्नेछ ।

एउटा सर्वमान्य र साझा निष्कर्षमा पुग्नु पर्नेछ । छरपस्ट भएका बिवादहरुलाई संवादमार्फत विधि बिधान र प्रणालीमा केन्द्रीकृत गर्दै एकताबद्ध नेकपा निर्माण गर्नुपर्दछ । नेपालमा कम्युनिस्ट आन्दोलनका लागि यो ऐतिहाँसिक क्षण हो । तसर्थ हाम्रा छलफलहरु, नेता कार्यकर्ता र स्वय नेताहरुका बिच सम्बन्धहरु र जिवनब्यबहार आज देखापरेका समस्याहरुको निदान गर्नेतर्फ हरकोही नेता कार्यकर्ताले आ–आफ्ना उर्जा र सौर्य लगाउनु पर्दछ । म चाहन्छु हिजोका सम्बन्धहरु अलि पछाडी सरेर सामुहिक तर तार्किक बहसहरु गर्नु पर्दछ । यो आन्दोलन र एकीकृत पार्टीको गतिलाई अझ तिब्र बनाउने अभियान नै पार्टी अभियान बनाउन सक्नुपर्दछ । “पटक पटक लड्नु, धुलो टकटकाउदै उठ्नु र फेरी पनि अगाडि बढ्नु मानवजातीको स्वभाव हो । उसको अदम्य बिशेषता हो ।’’ भनी प्रधानमन्त्रीले भने झै केही संकट, केही बिभेदहरुका बावजुत पनि पार्टी हितलाई सर्बोपरी राख्दै अगाडि बढ्नु पर्दछ ।

नेकपाको जन्म र स्थायी सरकार :
देशमा हुर्किईरहेको अस्थिर राजनिती त्यसका प्रभावले आक्रान्त भएर बिगत चुनाउमा हामीले दुई पार्टी बिचमा कार्यगत एकता ग¥यौ र भन्यौं “स्थिरताका लागि बामगठबन्धन ! समृद्ध नेपाल र शुखी नेपालीका लागि बामगठबन्धन !’’ जनताको अपार माया अनि पार्टी एकता पछि आज किन अस्थिरताका लागि खेल, ओहोदा र प्रधानमन्त्री पदका लागि जनतालाई झेल हँ, भईरहेकोछ हामीले बुझिरहेका छैनौ । एक अवधि एक प्रधानमन्त्री जनअनुमोदित भैसकेको नारा हो ।

कसैलाई प्रधानमन्त्री बन्नुछ, अर्को चुनाउसम्म पर्खनुस । आज जनता र लाखौं-लाख कार्यकर्ता भनिरहेका छन “कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार कमजोर हँुदा देश कमजोर हुन्छ, नेकपा अनि जनबिश्वास र जनअभिमत कमजोर हुन्छ । श्रमजीवी बर्गका सपना, दिन दुःखीहरुका भरोसा कमजोर हुन्छ । त्यति मात्र कहाँ होर नेकपाप्रतिको जनआस्था कमजोर बन्दै जान्छ । अनि किन लाग्दैछन नेताहरु राष्ट्रिय संकटमा नजाने गाउको बाटो । हजारौं हजार कार्यकर्ता भन्छन् पार्टीका उच्च नेताहरु छलफल गर्नुस । आफुमात्र होईन तहगत कमिटी प्रणालीलाई सुब्यबस्थित गर्नुस । सरकार र पार्टी प्रमुख तलबितल हुँदा कमिटी प्रणालीमा आलोचना गर्नुस । गल्ति गर्नेहरुलाई सच्चाउनुस । सरकारलाई सहयोग गर्नुस तर पदमोहमा पार्टीलाई बर्गबैरीको सामुन्ने कमजोर नबनाउनुस ।

तपाईको प्रतिक्रिया