कर्णालीमा ‘वुहान मोडल’ मा चिकित्सक परिचालन

नेत्र शाही
जुम्ला, ५ वैशाख ।
कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कर्णाली प्रदेशभरी चीनको वुहान शहरमा गरिएको मोडल अनुसारको स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान संचालन गर्ने भएको छ । प्रतिष्ठानले ६० जना स्वास्थ्यकर्मी खटाएर प्रत्येक स्थानीय तहमा १०÷१० जना परिचालन गरेर यहाँको स्वास्थ्य अवस्थालाई मजबुद बनाउने प्रयास गरेको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनको वुहान मोडलमा पाँच जना पब्लिक हेल्थका विज्ञलाई कमाण्डर बनाएर प्रत्येक जिल्लामा ५० देखि ६० जना सम्म स्वास्थ्यकर्मी परिचालन गर्न सकेको खण्डमा कोराना मुक्त कर्णाली बनाउन सकिने चिकित्सकहरुको सुझाब छ । प्रदेश सरकार सँग कुरा भईरहेको छ । माग सम्वोधन भएमा तीन सयदेखी चार सयको टोली कर्णाली भरी खटाउने योजनामा प्रतिष्ठान रहेको छ ।

प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना दिन उद्देश्यका साथ विभिन्न टोली गठन गरेर गाउँ गाउँ पठाएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार चैत ३० गतेदेखि चन्दननाथ नगरपालिकाको वडा नं १ बाट स्वास्थ्यकर्मीहरुले घरदैलो शुरु गरेको हो । खटाईएका स्वास्थ्यकर्मीले कोरानाको रोकथाम, नियन्त्रण र जनचेतनामुलक कार्यक्रम थालेका छन् ।

जुम्लाभर परिचालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक सहित २० जनाको टोली बनेको छ । टोलीमा नर्सिङ, चिकित्सक र जनस्वास्थ्य विज्ञ सामेल छन् । यो टोली हरेक दैलोमा पुग्नेछ, प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले भने, ‘अनुसन्धान, उपचार र सचेतनाका क्रियाकलाप गर्नेछ । उहाँले थप्नुभयो, तपाईको दैलोमा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु आउछन उहाँहरुको सन्देश मानिदिनु होला ।
प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोलीले दैलोमा गएर त्रासपुर्ण माहोललाई शान्तिपुर्ण बनाउने र कोराना नियन्त्रणमा नआउँदा सम्म यो टोली घरदैलोमै रहनेछ ।

नेपालमा संक्रमितको संख्या बढिरहेको बेला कर्णाली प्रतिष्ठानले अघि बढाएको यो कदम प्रभावकारी मानिने छ किनकी गाउँमा चेतना आवश्यक अझै हुनेछ । प्रतिष्ठानले रोकथामका लागि विभिन्न कामहरु गर्दै आएको छ । हेल्थ डेक्समा जाँच, १० वटा आईसुलेसन कक्ष, १२० आईसियूलेसन कक्षा तयारी अवस्था गरि काम थालेको छ । यसैगरी कोरोना परीक्षणको पिसिआर मेशिन टेण्डर गरिसकिएको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले थप्नुभयो ।

रयापिड परीक्षण पनि गर्ने
टोलीले शंकास्पद ब्यक्ति भेटिने बित्तिकै घरमै ¥यापिड टेस्ट गर्ने छ । कोराना पोजेटिभ देखिएको खण्डमा सिधैँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका लागि पठाउनेछ । कोराना नेगेटिभ देखियो । तर शंका लागिरहेको छ भनेपनि स्वाब परिक्षणका लागि कर्णाली अस्पतालमा पठाउनेछ ।

त्यसैगरी लकडाउन थप कडागर्नुपर्नेमा सवैले सुझाव दिएका छन् । लकडाउनले अहिले जुम्ला बाहिरका नाका सवै बन्द छन । तर अझै कडा गर्ने र लकडाउन पालना गर्नुपर्ने स्वास्थ्यकर्मीले सूझाव दिदै आएका छन् । हामी जिल्ला भित्र सुरक्षित छौ तर बाहिरबाट आउनेले समस्या पार्न सक्छन् । पुरै बन्द गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

त्यसैगरी कोरोना रोकथामदेखी उपचारका बिषयमा दैनिक प्रतिष्ठानको उच्च तहमा छलफल भई काम भईरहेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले अस्पताल निर्देशक मंगल रावलसहितको उच्च स्तरिय टोली केन्द्रीय कार्यालय जुम्लामा समन्वयम खटिरहेको हुन्छ । समन्वय सहकार्य गरेर कसरी जाने भन्ने बिषयमा छलफल हुन्छ सोही अनुसार काम गरिरहेका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिनुभयो । (गोरखापत्र अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया
error: Content is protected !!