नन्दु खनाल/सुर्खेत (चाैकुने), ४ बैशाख ।
चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको र्यापिट टेष्ट गरिएको छ । विहिबार चौकुने गाउँपालिकाको वडा नं. ६, ७ र ८ गुटुमा ८६ जना , घाट्गाउ-९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको र्यापिट टेष्ट गरिएकाे थियाे । टेष्ट गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो ।
जन स्वास्थ्य सेवा कार्यलय सुर्खेतको सहयोगमा गुटुको जीवनज्योति माबी, घाटगाउको स्वास्थ्य चौकी र बिजौरा स्वास्थ्य चौकीमा र्यापिट टेष्ट गरिएको हो । यी मध्ये ७ जनाको स्वाव संकलन पनि गरिएको छ । चौकुने गाउँपालिकाको लगाम र बेतानमा भने दोस्रो चरणमा र्यापिट टेष्ट गरिने छ । र्यापिट टेष्ट गराउने कार्यमा चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाही, उपाध्यक्ष निर्मला मगर, प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेल, लालमणि धमाला लगायतले कोरोनाबाट बच्न लकडाउनको पूर्णरुपमा पालना गरी सबैलाई घरमै बस्न आग्रह गर्नुभएको छ ।

युग संवाददाता । । ४ बैशाख २०७७, बिहीबार १९:५६