सुर्खेत, ३ बैशाख । रुकुम पश्चिमवाट कोरोना भाईरस (कोभिड-१९) परिक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । चाैरजहारीबाट नमूना सकलन गरी परीक्षणका लागि कैलालीकाे प्रयाेगशालामा पठाइएकाे थियाे । थप परिक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको सामाजिक विकासमन्त्री दल रावले जानकारी दिनुभएको छ। संकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतबाट फर्केको र उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालमा आईशोलेशनमा राख्ने तयारी भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
ब्रेकिङ : कर्णालीका २ जनाको रिपोर्ट संकास्पद
तपाईको प्रतिक्रिया
युग संवाददाता । । ३ बैशाख २०७७, बुधबार १७:४३