लेकबेशीलाई स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, ३० चैत्र ।

लेकबेशी नगरपालिका सुर्खेतलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि हेल्भेटासको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्याक नेपालले एकद्धार प्रणालीमार्फत सुर्खेतको लेकवेशी नगरपालिकालाई आइतबार स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । नगरपालिकालाई एक पेटी (२४०पिस) ठूलो डिटोल साबुन, ५ थान पीपीई, ५ लिटर सेनिटाईजर, ४ सय थान सर्जिकल मास्क उपलब्ध गराएको स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले जानकारी दिनुभयो ।

आचार्यले लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारलाई आइतबार संस्थाको कार्यालयमा सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुष्णप्रसाद खरेल र नगर स्वास्थ्य संयोजक रमेश गिरीको समेत उपस्थिति रहेको थियो ।

विपद्को समयमा विभिन्न निकायबाट आएको सहयोगले स्थानीय तहलाई थप राहत मिलेको लेकवेशी नगरपालिका प्रमुख गगनसिं सुनारले बताउनुभयो । साथै नगर प्रमुख सुनारले आगामी दिनमा पनि नगरपालिका र स्याक नेपालका बिचमा समन्वय, सहकार्य एवम सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया