सांसद बुढाले बाँडे काठमाण्डौमा भोकभोकै बसेका लाई राहत

रामचन्द्र न्यौपाने

डोल्पा, २४ चैत्र ।

डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री धनबहादुर बुढाले काठमाण्डौमा भोकभोकै बसेका डोल्पाली लाई खाद्यसामग्री बितरण गर्नुभएको छ । कोरोना भाइरस(कोभिड–१९) बिरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेर भोकभोकै रहेका डोल्पाली लाईखाद्यसामग्री बितरण गर्नुभएको हो ।

उपचारका लागि काठमाण्डौ गएका डोल्पाली सर्वसाधारणहरु लकडाउन भएपछि अलपत्र परेका थिए । पुर्व राज्यमन्त्री समेत रहेका बुढाले जिल्लाको मुड्केचुला गाउँपालिका अन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिँहको ३ जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाको ६ जनाको परिवारलाई काठमाण्डौमै नुन,चामल,तेल,दाल,मसला लगाएतका खाद्य सामग्री बितरण गर्नुभएको हो ।

“उपचारको क्रममा पैसा सकिए पछि केही दिन देखि भोकभाकै बस्नु परेको थियो,सांसद बुढाको सहयोग पायौँ,ठुलो राहत महशुस गरेका छौँ”राहत थाप्दै कमला बुढाले भनिन् । डोल्पाली सर्वसाधारणहरु भोकभोकै परेको खवर थाहा पाएपछि खाद्य सामग्री खरिद गरेर बितरण गरेको पुर्व राज्यमन्त्री तथा सांसद बुढाले जानकारी दिनुभयो । काठमाण्डौ अलपत्र परेकाका डोल्पाली बिद्यार्थी सर्वसाधारणका लागि केही समस्या परे जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तत्पर रहेको समेत सांसद बुढाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया