वडाध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट

जाजरकाेट, १६ चैत ।
जाजरकोटमा एक अज्ञात समूहले वडाध्यक्षमाथि कुटपिट गरेको छ। छेडागाड नगरपालिका–११ का वडा अध्यक्ष चक्रबहादुर सिंहमाथि शनिबार राति कुटपिट भएको हो। वडा अध्यक्ष सिंहको खुट्टा भाँच्चिएको छ। शनिबार राति ९ बजेतिर घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वडा नम्बर ११ को पिपलडाँडा भन्ने ठाउँमा अध्यक्षमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

डिएसपी श्रेष्ठले अहिले घाइते वडाध्यक्षलाई उद्दार गरिएको बताए। उनलाई उपचारका लागि स्थानीय थलह बजारमा लगिने र अवस्था हेरेर नेपालगञ्ज वा सदरमुकाम खलंगा लैजाने विषयमा टुंगो लाग्ने बताए। कुटपिट गर्नेहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको पनि डिएसपी श्रेष्ठले जानकारी दिए । छेडागाड नगरपालिकाका मेयर लालबहादुुर महताराका अनुसार राति कुटपिट भएपनि बिहान मात्र भीरमा फालिएको अवस्थामा वडा अध्यक्ष भेटिएका थिए। बताए ।

कुटपिट गर्नेहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको पनि डिएसपी श्रेष्ठले जानकारी दिए । छेडागाड नगरपालिकाका मेयर लालबहादुुर महताराका अनुसार राति कुटपिट भएपनि बिहान मात्र भीरमा फालिएको अवस्थामा वडा अध्यक्ष भेटिएका थिए ।
साभार ः सेतोपाटी अनलाइनबाट

तपाईको प्रतिक्रिया