कोरोना भाइरस : संक्रमण फैलिन नदिँन उच्च सतर्कता

सर्खेत : कोरोना भाइरस (कोभीड–१९) ले विश्वभर नै आक्रान्त परि रहेको बेला वीरेन्द्रनगर नगरपालिकाले पनि संक्रमण फैलिन नदिँन उच्च सतर्कता अपनाएको छ ।

कोरोनाबाट आउन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै नगरपालिकाले धुलियाबिडमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने देखी नगरभित्रका विभिन्न विद्यालयलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । सोमबार वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकाल नेतृत्वको टोलिले नगरका विभिन्न स्वास्थ्य संस्था र विद्यालयहरुको अनुगमन समेत गरेको छ ।

नगरभित्र रहेका विभिन्न स्वास्थय संस्थाहरुको अवलोकन गरिएको भन्दै उपप्रमुख ढकालले स्वस्थ्य संहस्थाहरुमा औषधीहरु प्रयाप्त मात्रामा रहेको र स्वास्थय कर्मीहरु पनि निकै संबेदनशिल भएर सेवा दिन तयार रहेको बताईन । स्वास्थ्य संस्थाहरुलाई समेत उच्च सतर्कता अपनाउन निर्देश दिईएको भन्दै उहाँले स्वास्थय कर्मीहरुका लागी आवश्यक सामाग्रहरुको व्यवस्थापन गरिएको जानकारी दिईन ।

सोमबार धुलियाबिडमा ‘हेल्थ डेस्क’ राख्नका लागी संभावित ठाउँ समेत हेरिएको भन्दै उपप्रमुख ढकालले कोरोनाको आसंका गरिए क्वारेन्टाइनमा राखेर निगरानि गरिने बताउनभयो । वीरेन्द्रनगरको जन मावि, अमर ज्योती मावी र इत्राम स्कुललाई क्वारेन्टानको रुवमा प्रयोग गर्न आवश्यक तयारी थालिएको उपप्रमुख ढकालको भनाई छ ।


त्यस्तै वीरेन्द्रनगरका प्रमुख प्रशसकिए अधिकृत टिकाराम ढकालले वीरेन्द्रनगर प्रदेश राजधानि समेत भएकाले केन्द्र र प्रदेश सरकार संग पनि विशेष समन्वय गरेर तयारी थालिएको बताए । कोरोनाबाट आउन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै देउतिबज्यै, बुलबुलेताल र काँक्रेबिहार लगाएतका धार्मित तथा पर्यटकिय स्थलहरुमा समेत आगमन बन्द गरिएको जानकारी दिए ।

उता, वीरेन्द्रनगर नगर जनस्वास्थ्य प्रवर्दन शाखाका प्रमुख पर्शुराम खड्काले नगरभित्र पर्यप्त औषधीको मौज्दात रहको भन्दै औषधी अभाव नहुँने बताए । चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने सरकारको निर्णय बमोजिम नगरका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया