कोरोनाको कारण वीरेन्द्रनगर बजार बन्द

सुर्खेत  : सुर्खेत उद्योग बाणिज्य संघले भोलीदेखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ । वीरेन्द्रनगरम आइतबार बसेको सुर्खेत उद्योग बाणिज्य संघ र सम्पुर्ण बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो ।

कोरोना भाइरस (कोभीड–१९) ले विश्व नै आक्रान्त भइरहेको बेला उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवसायी साथीहरुलाई अनुरोध गरिएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । उनले अत्यावश्यक पसलहरुमा किराना, खाद्य, ग्याँस, पेट्रोल पम्प, औषधी पसलहरु मात्रै खुला हुने बताए ।

तपाईको प्रतिक्रिया