खाद्यान्‍न जोहो गर्न हानथाप

जुम्ला : जुम्लामा दैनिक उपभोग्य वस्तु खरिदका लागि स्थानीय जुटेका छन् । विश्वमा फैलिरहेको कोविड १९ खाद्यान्न संकट हुने भयले उनीहरू जोहो गर्न लागिपरेका छन् ।
अघिपछि सुनसान हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लामा दुई दिनयता भीडभाड बढेको छ ।

दैनिक उपभोग्य वस्तु जोहा गर्न साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालयमा अनुदानको नुनु लिन आउनेहरूको भीड नै लाग्‍न थालेको छ । दुई दिनयता साल्ट ट्रेडिङ कर्पोरेसनमा झण्डै एक हजार जनाले नुन लिएको कार्यालयले बताएको छ । सरकारले कोरोना संक्रमण हुन सक्ने भन्दै एसइई परीक्षा स्थगित गरेपछि त्रास बढेको भन्दै स्थानीयहरुले आफूहरू खाद्यान्न जाहो गर्न लागिपरेको बताएका छन् ।

चन्दननाथ नगपालिका सिमखाडाकी बिरा उपाध्यायले भनिन्, ‘पछि नाका बन्द होला, त्यही भएर खाद्यन्न जोहो गर्न थालेका हौं । उनले गाउँमा खाद्यान्न अभाव हुने र भोकमरी लाग्न सक्ने हल्ला भएकाले आफू बेलैमा खाद्यान्न जोहो गर्न आएको बताइन् । कोराना संक्रमणको त्राससँगै बजारका व्यापारीले उपभोग्य वस्तुमा कालोबजारी गर्न थालेपछि सरकारले अनुदानमा दिने सामान किन्न उपभोक्ता लाइनमा बस्न लागेका छन् ।

पहिलो दिन प्रति व्यक्ति ११ पोका नुन दिइएको र दोस्रो दिनबाट पाँच पोका मात्र नुन बाँडिएको साल्ट ट्रेडिङ जुम्लाले जनाएको छ । स्थानीय प्रशासनले पनि प्रतिव्यक्ति पाँच पाकेटभन्दा बढी नुन नदिन निर्देशन दिइसकेको छ। खाद्य व्यवस्था कार्यालयले उपभोक्ताको मागअनुसार चामल दिइरहेको छ। जुम्लामा गाडी पुगेपछि पहिलो पटक लाइनमा बसेर खाद्यान्न किन्नुपरेको स्थानीय गीता केसीले बताइन् ।

तपाईको प्रतिक्रिया