कोरोना भाइरसबारे सचेतना

हुम्ला : कोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुले गाउँगाउँमा पुगेर कोरोना भाइरसको बारेमा सचेतना फैलाउन सुरु गरेका छन् ।

जिल्ला अस्पताल हुम्ला र सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले यतिखेर सिमकोट गाउँपालिकाको वडा नम्बर ८ को स्याँडा गाउँबाट कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन थालेका हुन् ।

सचेतना कार्यक्रम गाउँगाउँ पुगेर जारी राख्ने जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । स्वास्थ्यकर्मीहरुले भोलिका दिनमा कोरोनाबाट संक्रमित हुन सक्ने जोखिमलाई ध्यान दिँदै यसका लक्षण, यसबाट बच्ने उपायका बारेमा पनि जानकारी दिन थालिएको बोहोराले बताइन् । कसैलाई कोरोनाको शंका लागेमा नजिकको स्वास्थ्य चौकीमा पुग्न स्वास्थ्यकर्मीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया