कोरानाबाट बच्न सेवा ग्राहीलाई हात धुने व्यवस्था

दुर्गा वि‍सी

सल्यान : विश्व भर फैलदैँ गएको कोरोना भाईरसको जोखिमलाई मध्यनगर गर्दै सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिकाले कर्मचारी र सेवाग्राहीलाई सावुन पनिले हात धुने व्यवस्था गरिदिएको छ ।

उक्त कार्यालयमा सेवा लिन आउँने सेवाग्रही तथा कर्मचारीहरुलाई सावुन पानिले हात धोएर मात्रै प्रवेश गर्न अनुरोध गरिएको छ । नगरपालिकाले सेवा लिनुपूर्व सेवाग्राहीले अनिवार्य रुपमा सावुनपानीले हात धुनुपर्ने नियम बनाएको छ ।

विगत केही दिन देखी सल्यानका स्वास्थ्य केन्द्र देवस्थल लगाएत नगरका विभिन्न स्वास्थ संस्थाहरुमा पनि सेवा लिन आउने सेवाग्राहीले नियमित रुपमा सावुनपानीले हात धुनुपर्दछ । सेवाग्राही आउदा र सेवा लिएर फर्कदा सावुन पानीले हात अनिवार्य धुने ब्यबस्था गरिएको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिएका छन् ।

संयोजक पोख्रेलका अनुसार सेवा लिनको लागि आएका सेवाग्राहीलाई कोरोना भाइरसको लक्षण, त्यसबाट बच्ने उपायका बारेमा समेत सचेत बनाउदैँ आएको बताए । यस्तै प्रमुख प्रशासकिय अधिकृत मोेहन खड्काले सचेतनामुलक ब्यानर बनाएर स्वास्थ्य केन्द्र लगाएत नगरका विभिन्न वडा र अन्य सरकारि तथा गैरसरकारी संस्थाहरुको प्रवेशद्धारमा राखेका बताए ।

उनले भने ‘कोरोना भाइरसका बारेमा सेवाग्राहीलाई जानकारी दिएर मात्रै सेवा प्रदान गर्छौ’ साथै भाइरसबाट बच्नको लागी यो पूर्व तयारी हो नगरका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ भने सभा, भेला, समिनार, गोष्टि लगाएका सबै खाले कार्यक्रममा बन्देज लगाएका छौँ ।’ सेवाग्राही मनोेज घर्तिले सेवाग्रही प्रति नगरपालिकाले गरेका यो योजना राम्रो छ भन्दै र आजबाट नैसबै नगरबासी व्यावहारमा उर्तान लागि सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया