सुर्खेत : जाजारकोटको बारेकोट गाउँपालिकामा भएको स्काभेटर आगजनीको विषयलाई लिएर नेपाल निर्माण व्यवसायीक एकता समाज सुर्खेतले घोर आपति जनाएको छ ।
उक्त स्काभेटर नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका पुर्व सचिव तथा रेगन निमार्ण सेवाका प्रमुख दानबहादुर खड्काको मृतस जीवनी–रेगन जे.भी टेक्काको बा ३ क ४०८६ नम्वरको स्काभेटरमा मंगलबार राती आगजनीे लगाइएको थियो ।
उक्त स्काभेटर जलेर पुरा रुपमा नष्ट भएको छ । यस्ता घुसित तथा आतंकीत कार्यागर्नेलाई यस एकता समाज सुर्खेतले घोर भत्र्सना गरेको छ ।
भौतिक्त पुर्वाधार निमार्ण कार्यामा खटिदै आएको निर्माण व्यावसायीहरुलाई आतकित पार्ने यन्त्र उपकरणमा आगजनी गर्ने लगायतका घटनाको आवश्यक छानविन गरी दोषीलाई कडा भन्दा काडा कारवाही गर्न र आगजनीबाट सम्बन्धीत निर्माण व्यवसायीलाई भएको हानी नोक्सानीको नेपाल सरकारबाट उचित क्षतीपुर्तिको माग समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै अब देखि यी र यस्ता समस्या दोहोरीन नदिन र निर्माण कार्यमा शान्ति सुरक्षा कायम राखि निर्माण कार्य लाई सहज ढंगबाट अगाडी बढाउँने वातावरण सुजना गरिदिन नेपाल सरकार संग आग्रह समेत गरेको छ ।
युग संवाददाता । । ६ चैत्र २०७६, बिहीबार १८:४४