एसइई परिक्षा दिन गएका विद्यार्थीलाई घर फर्किन सकस

दुर्गा विसि

सल्यान : सल्यानको पश्चिममा एसइई दिन आएका सबै विद्यार्थी फर्किएका छन् ।आक्रोशित बन्दै विद्यार्थीले सरकारि निर्देश तथा सुचनाको घोरभर्तश्न गरेका छन् । परिक्षाको सबै तयारी पुर्न भैसके पछि विद्यार्थी सेन्टर पुगि सकेकाले अभिभावकलाइ थप खर्चको व्यवाहार थपिएको छ ।

विद्यार्थीको मनोबल समेत गिरेको अभिभावकको गुनासो छ ।प्रभावकर मावि केन्द्र देवस्थलका केन्द्राध्यक्ष शिखर कुमार यरिले कम्तिमा २४ घण्टा आगवै ठिक समयमै सुचना दिनुपर्ने हो तर ढिला गरि निर्णय हुदा विद्यार्थीलाई सेन्टर जान र फर्किन समस्या भएको उहाँको भनाइ छ ।साथै अभिभावकले भैन्भइ खर्च साहु ऋण कारेर छोराछोरिलाइ परिक्षा दिन पठाएका थिए ।

सल्यान पश्चिममा परिक्षा सेन्टर टाढा टाढा हुदा विद्यार्थी दुई दिन अघिनै परिक्षा केन्द्र नजिक डेराडण्डा लगेर वसिसकेका थिए । नगरको वडा ८, ९ कुपिण्डे,वडा माझकाडा ११, २,३ बामे लगाएतका स्थानीयबाट विद्यार्थी नगरको केन्द्र नजिकै परिक्षा दिन आएका थिए ।

तर विडम्बनापूर्ण आवत जावत गर्ने साधान नपाउदा केही विद्यार्थी अलपत्र समेत परेको खवर छ ।गाडि नपाउँदा बामे,कुपिण्डे, माँझकाँडाका,लेखसँग्रही र स्विकोट नेटा जाने विद्यार्थीहरु पैदल घर तर्फ फर्कीरहेको खवर छ । स्थानीय निकायले विद्यार्थीको आवत जावत सहजताका लागि केही पहल नगरको विद्यार्थी ल्याएर परिक्षा पुगेका शिक्षकहरुको गुनासो छ ।

सल्यान पश्चिम क्षेत्रका ३ केन्द्रबाट ४ सय ९५ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।मावि च्युरा केन्द्रमा मुक्ति मावि वामे र नेरा मावि रुमालगाउ स्विकोटका गरि १ सय ३४,बनगाड क्याम्पस बनगाडमा मावि च्युरा,प्रभाकर मावि देवस्थल गरि २ सय ३ परिक्षार्थी र त्यसै गरि प्रभाकर मावि देवस्थल केन्द्रमा लङगृ न वोर्डिङ स्कुल सल्लिवजार,कृष्ण बोर्डिङ स्कुल देवस्थल,महेन्द्र मावि आपचौर र नवजोति मावि अध्येरिका गरि १ सय ५८ जना विद्यार्थीले परिक्षा दिने तयारीमा रहेका थिए ।

तपाईको प्रतिक्रिया