होटल भत्किदा क्वारेन्टाइनमा राखिएका दश जनाको मृत्यु
चीनमा कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टाइन होटल भत्किँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
चिनियाँ सरकारी समाचार संस्थाका अनुसार चीनको चेङ्झोउमा रहेको होटल भत्किएपछि अरु ४० जनाको पुरिएका छन् । फसेका ७१ मध्ये ४६ जनालाई उक्त भवनबाट उद्दार गरिएको छ भने गम्भीर भएकालाई अस्पताल भर्ना गरिएको छ ।
पाँच तले भवन भत्किएको हो । फुजियान प्रान्तको शहरमा रहेको होटल भत्किएको हो । भवन के कारणले भत्किएको हो भन्ने खुलेको छैन । सन् २०१८ मा सञ्चालनमा आएको सो होटलमा पाहुनाका लागि ८० वटा कोठा थिए ।
