सल्यानमा सेनाको गाडी खस्यो : एकको मृत्यु, बमका कारण उद्धारमा समस्या

सुर्खेत : नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडीमा सात जना सवार थिए । सवारमध्ये चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेका छन्। घाइतेहरुको अवस्था गम्भीर छ । उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको रिपुदल गण घोराहीले जनाएको छ । उद्धारमा समस्या भएको प्रहरीले बताएको छ ।

गाडी करिब ५ सय मिटर तल खसेको छ । गाडीमा हतियार र बम भएकोले उद्दारमा जोखिम भएको छ । उक्त गाडी हतियार लिएर बुटवल जान लागेको बताइएको छ । गाडी पुरै टुक्राटुक्रा भएको छ । यसैबीच घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर आइपुगेकोे छ ।

तपाईको प्रतिक्रिया