ह्वावेको नयाँ स्मार्टफोन वाई सिक्स एस नेपालमा

सुर्खेत : ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ । वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् ।

वाई सिक्स एस कालो र नीलोमा दुई वटा रंगहरूमा बजारमा उपलब्ध छ । ह्वावे वाई सिक्स एसमा तीन जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र पाँच सय १२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा उक्त फोनमा रहेको छ । ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ ।

यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ । ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ ।जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ । ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ ।

ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ। वाई सिक्स एसको १५६०ह७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ। यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभरसबै सानो आकारको नोचमा रहेको छ ।
वाई सिक्स एसमा उत्कृष्ट भ्यूइङ्ग अनुभव प्रदान गर्दछ ।

वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ। यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ । ह्वावे वाई सिक्स एसमा तीन हजार २० एमएएच ब्याट्री जडान गरिएको छ ।

जस्ले यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ । यस स्मार्टफोनमा भएको फेस अनलकिङ र फिङ्गर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सूचनालाई रक्षा गर्दछ । फेस लकले इन्टेलिजेन्ट रुपमा लो–लाइट अवस्थामा सजिलै प्रयोगकर्ताको अनुहार पहिचान गर्दछ । तीन जिबीं ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य रुपैयाँ १४ हजार नौं सय ९० तोकिएको छ र यो नेपाल भर उपलब्ध छ ।

तपाईको प्रतिक्रिया