आइतबार यातायात बन्दको घाेषाणा

ओम शाही

सुर्खेत : शुक्रबार ट्रकले ट्याक्टरलाई ठक्कर दिदा ट्याक्टर चालकको मृत्यु भएको भन्दै आइतबार मृतकका आफन्तहरुले यातायात बन्दको आह्वान गरेका छन् ।

शनिबार पीडित सघर्ष समितिका संयोजक कृष्णबहादुर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाबाट परिवारमा अपुरणिय क्षति भएको भन्दै मृत्कका आफन्तलाई बीमाबाहेकको थप रकम उपलब्ध गराउनु पर्ने, मृतकका बालबालिकाको पठनपाठनको सम्पूर्ण जिम्मा सवारी धनीले लिनुपर्ने, ट्रक चालक र मालिकालाई जन्म कैद, घाइतेलाई पूर्ण उपचार तथा रोजगारको व्यवस्था तथा ट्याक्टरको हालसम्मको किस्ता परिवारलाई बुझाई सो ट्याक्टरको जिम्मा ट्रक मालिकले लिनुपर्ने लगायतका माग राख्दै बन्दको घोषण गरिएको हो ।

आइतबार सुर्खेतबाट बाहिरिने तथा भित्रिने सम्पूर्ण सावरी साधन बन्द रहेन र सोमबार वीरेन्द्रनगरका सम्पूर्ण व्यापार व्यवसाय तथा सरकारी कार्यालय बन्द गर्ने विज्ञप्तीमा उल्लेख छ । शुक्रबार वीरेन्द्रनगर–१३, पिपिराचोक नजिकै लु १ ख ७६७० नं. को ट्रकले भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा ट्याक्टर चालक जाजरकोटका प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया