वन जोगाउन ग्यास र चुलो बाँडियो

सल्यान : वन जङ्गल बचाउन सल्यानको एक सामुदायिक वनले उपभोत्तालाई ग्याँसका सिलिन्डर र चुलो तितरण गरेको छ ।

पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिका–१ बाग्चौरमा रहेको मयुरपँखी सामुदायिक बनले बन समुहमा आबद्ध सदस्यहरुलाई निशुल्क ग्यास चुलो बितरण गरिएको हो । समुहमा रहेका ३२ घरधुरीलाई ग्याँस चुलो बितरण गरिएको अध्यक्ष शोभान बिष्टले जानकारी दिए ।

सामुदायिक बनको संरक्षण र प्रयोगलाई कम गर्न ग्यास चुलो बितरण गरिएको हो । बागचौरमा ४५ घरधुरी रहेका छन् । ती मध्ये केही घरधुरीलाई पहिले नै ग्यास चुलो बितरण गरिएको थियो । सामुदायिक बनको दुई लाख रुपैयाँ बराबरका ग्यास र चुलो वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया