टोलटोलमा पक्कि सडक, घरघरमा तरकारी खेती

गगन सिं सुनार 

[नगर प्रमुख , लेकबेशी नगरपालिका , सुर्खेत]

विकासमा पछि परेको सुर्खेतको लेकबेशी नगरपालिकाले आफ्ना विकासे गतिविधि तिब्र पारेको छ । १० वटा वडा रहेको यस नगरपालिकाले कृर्षि तथा पशुपंक्षि व्यवयाय मार्फत आत्मनिर्भर बन्ने सम्भावना बोकेको छ । तर यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगाएत समग्र क्षेत्रको विकासका लागि वडा वडामा पक्कि सडक र गाउँटोलसम्म सडक विस्तार गर्न जरुरी रहेको नगर प्रमुख गगन सिं सुनारले बताए । नगर विकास तथा आत्मनिर्भरको विकल्प सडक भएको भन्दै विकासको प्राथमिकतामा सडक र कृर्षिलाई राखिएको उनले जनाए । उनीसँग गरीएको कुराकानी साराशं

 

नगरपालिकाको कार्य सम्पादन के कसरी भइरहेको छ ?

हिजोआज नयाँ उपभोक्ता समिति गठन गर्ने । नगरपालिकाद्धारा सञ्चालित काम सम्पन्न भएका योजनाको अनुगमन गर्ने ।

जनतासँग भेटघाट, छलफल गर्ने, प्राविधिक खटाएर नयाँ योजनाको सर्भे गर्ने । योजनाको मुल्यांकन गर्ने र नगर सभाबाट पारीत भएका योजनाहरु कार्यान्वयनमा ल्याउने काम गरीरहेका छौ ।

नगरपालिकाको कामसँगै कहिलेकाँही अन्य सरकारी कामको लागि जिल्लाभित्र र जिल्ला बाहिर जानुपर्छ । भने पार्टीको कामका लागि पनि कहिलेकाँही व्यस्त हुनुपर्छ । यस्तै विद्यालय तथा स्वास्थ्य चौकि अनुगमनको काम पनि जारी छन् । यसरी नगर विकासका लागि विभिन्न निकायसँग छलफल तथा पहलका काम भईरहेका छन् ।

तपाँई निर्वाचित भएपछि नगर विकासमा केहि परीवर्तन आएको छ ?

पहिले पहिले म आफैले पनि निर्वाचित भएपछि धेरै काम गर्न सकिन्छ होला भन्ने सोचेको थिएँ । ऐन, कानून, बजेट लगाएतको समस्याले विकासमा चुनौती छ ।

तर सोचेनुसार काम नभएपनि परीवर्तन चाँही धेरै भएको छ । म निर्वाचित हुनुपुर्व शिक्षा क्षेत्रमा दरबन्दी न्यून थिए । पढाई अवस्था राम्रो थिएन । अहिले कम्तिमा पनि विद्यालय व्यवस्थापन समिति सक्रिय भएका छन् ।

स्वास्थ्यका क्षेत्रमा पनि हिजोको भन्दा अहिले धेरै फरक छ । तरकारी, फलफुल खेती गरेर जिविकोपार्जन गर्नुपर्छ सँधै कामका लागि कालापहाड जान हुन्न भन्ने नागरिकको सोचाइमा समेत परीवर्तन आएको छ । यस्तै हरेक क्षेत्रमा पहिलेको भन्दा परीवर्तन तथा विकास भएको छ ।

अनी सबै वडा तथा बस्ती सडकको पहुँचमा पुगेका छन् कि छैनन् ?

पहिले प्रत्येक वडामा जाने सडक थिएन । अहिले प्रत्येक वडा कार्यालयसम्म पुग्ने गरी सडक विस्तार गरेका छौ । अब यसलाई पिच तथा स्तोरोन्नत्ती गर्न सकिएको छैन ।

धुलियाविट–भेडाबारी सडक मदन भण्डारी लोकमार्गमा परेकाले यसको डिपिआर समेत भएको छ । त्यसैले सबैभन्दा पहिलो कुरा भनेकै तत्कालै धुलियाविट–भेडाबारी सडक पक्कि भयो र यहाँ गाडी सञ्चालन भईदिए भने यहाँका जनतालाई ठुलो राहत हुने थियो ।

यसका लागि मैले पहल पनि गरीरहेको छुँ । यो सडक पक्कि गर्न अत्यन्तै जरुरी देखिन्छ । धुलियाविट–भेडाबारी सडक पक्कि भयो भने अन्य वडाभित्रका सडक विस्तारै पक्कि बनाउन सहज हुने थियो । तर सबै बस्तीसम्म सडक पुगेको छैन ।

यो मेरो बाँकी कार्यकालमै सम्पन्न हुनेछ । सबै वडामा पक्कि सडक र गाउँ टोलसम्म एम्बुलेन्स चल्ने गरी सडक बनाउँदै छौ ।

त्यसो भए नागरिक अँझै एम्बुलेन्सको पहुँचमा छैनन् ?

हो हो । यसका लागि पहिलो कुरा सडकको अवस्था राम्रो नभएर हो । भने दोस्रो कुरा बजेट छुट्याएपनि एम्बुलेन्स किन्न सकेनौ । गत बर्ष २०७५÷०७६ को बजेटमा एम्बुलेन्स किन्ने योजना भएपनि अलिकति प्रक्रिया नमिलेपछि एम्बुलेन्स किन्न सकेनौ ।

तर चालु आर्थिक बर्षभित्रै एम्बुलेन्स किन्ने योजनामा छौ । यो काम अन्तिम चरणमा भएकाले केहि समयभित्रै नागरिक एम्बुलेन्सको पहुँचमा पुग्नेछन् । त्यसपछि समयमै उद्धार नभएर नागरिक अकालमा मर्नुपर्ने स्थितीको अन्त्य हुने अपेक्षा छ ।

आम्दानीको हिसाबले नगरपालिकाभित्र सबैभन्दा बढि उत्पादन हुने कृर्षिजन्य वस्तु के के छन् ?

कृर्षिमा विशेष गरी तरकारी खेतीबाट नै बढि आम्दानी हुने भएकाले अहिले अधिकांश कृषक तरकारी खेतीमै आबद्ध छन् । पहिले मकै र धान खेती गथ्र्ये ।

तर लगानी अनुसार फाईदा नभएपछि कृषकले खेती छोड्दै गएका छन् । भने तरकारी बालीमा आलु, टमाटर, काउली, बन्दा लगाउँछन् । मकै र धान भन्दा तरकारीबाट फाईदा पनि बढि छ । यस्तै मासुजन्य वस्तुको माग अनुसार पाख्रा पालन, कुखुरा पालन पनि बढेको छ । दुधका लागि कृषकहरुले गाई, भैसी फर्म सञ्चालन गरीरहेका छन् ।

लेकवेशीमा उत्पादीत मासु, दुध तथा कृर्षिजन्य वस्तु कहाँ कहाँ निर्यात हुन्छ ?

खासै अहिले निर्यात हुने गरी उत्पादन भएको छैन । यहाँ उत्पादीत तरकारी, फलफुल, मासु, दुध तथा कृर्षिजन्य वस्तु यहाँ नै खपत भईरहेको छ ।

अब चाँही लेकवेशीको उत्पादन वीरेन्द्रनगर र छिन्चु लगाएतका बजारमा निर्यात हुने गरी उत्पादन बढाउने तर्फ लाग्ने छौ । यहाँको उत्पादन बढाउनुका साथै बजार व्यवस्थापननमा जोड दिन नगरपालिका तयार छ ।

त्यसका लागि के कस्ता कार्यक्रम छन् ?

कृर्षि क्षेत्रमा हाम्रा कार्यक्रम धेरै छन् । जो केहि कार्यक्रम अहिले पनि सञ्चालन भईरहेका छन् । भने केहि नँया कार्यक्रम बनाउने तयारीमा छौ ।

हामिले गत बर्ष स्थापन गर्ने भनेको कृर्षि संकलन केन्द्र यस बर्षदेखि सञ्चालनमा ल्याउँदैछौ । गत बर्ष बजेट छुट्याईएपनि काम गर्न नसक्दा रकमान्तर गरेका थियौ । तर अहिले कार्यान्वयन गर्दैछौ ।

यस्तै कृर्षि क्षेत्रमा अनुदानका कार्यक्रम छन् । भने कृषकको क्षमता अभिबृद्धिदेखि कृर्षिमा नविनतम प्रविधि हस्तान्त्रणका कार्यक्रम सञ्चालन हुनेछन् ।

नगरपालिकामा रहेका सरकारी कार्यालयको कमजोर भौतिक संरचनाको अवस्था कहिलेसम्म सुधार हुन्छ ?

यस बिषयमा पहिलो कुरा त हाम्रो नगरपालिकाको नै भवन थिएन । अहिले काम चलाउ भवन बनाएपनि यो अँझै प्रयाप्त छैन । विभिन्न शाखाका कर्मचारीलाई कोठा अभावले एउटै कोठामा बस्नुपर्ने अवस्था छ ।

यस बर्ष भवन निर्माणका लागि भनेर १ करोड रकम विनियोजन गरेका छौ । भने ८० लाख प्रदेश सरकारले दिएको छ । वडा कार्यालयहरु भाडाकै घरमा बसेका छन् । यस्तै विद्यालय भवनका लागि आदर्श माध्यामिक विद्यालय लेकपर्साको भवन बनाएका छौ ।

भने नेटामा भवन निर्माणका लागि डिपिआर भएको छ । प्रदेश सरकारबाट द’ई कोठे भवन प्राप्त भएपछि काम स’रु भएको छ । विशेष गरी विद्यालय र प्राथामिक स्वास्थ्य केन्द्रको भवनका लागि हामिसँग बजेट कम भएकाले प्रदेश सरकारसँग थप बजेट माग गरेका छौ । यसरी नगरपालिकामा रहेका सरकारी कार्यालयको कमजोर भौतिक संरचनाको अवस्था दुई, तीन बर्षभित्रै समाधान हुनेछ ।

विद्युत र खानेपानीको क्षेत्रमा के कस्ता समस्या छन् ?

विद्युत र खानेपानीको क्षेत्रमा समस्या छन् । यसलाई विस्तारै अन्त्य गर्ने प्रयासमा छौ । धेरै ठाउँमा विद्युत पुगेको छैन । अहिले पनि विद्युत नपुग्दा त्यहाँका नागरिकलाई समस्या छ ।

विद्युत भएको ठाउँमा पनि राम्रोसँग आउँदैन । केहि बर्ष भित्रै यो समस्या पुर्ण रुपमा हट्नेछ । यस्तै खानेपानीको समस्या समाधानका लागि मुहानको खोजीमा छौ । राम्रो मुहान भेटिएपछि आवाश्यक बजेट विनियोजन गरी तत्काल खानेपानी समस्या समाधान गर्नेछौ ।

विकासमा के कस्ता चुनौती आउँछन् ?

पहिलो नम्बरमा त प्राविधिक समस्या छ । दोस्रोमा बजेटको कमि छ । भने तेस्रो चुनौती भनेको जनतालाई विकासमा अपनत्व लिनसक्ने सोचाइ बनाउन नसक्नु हो ।

किनिकी जनताले नगरको पैसा र सरकारको पैसा हो भनेर धेरै खर्च गर्नुपर्छ । काम जस्तो गरेपनि हुन्छ भन्ने सोच्छन् । यो हाम्रै लागि हो र दिगो विकास हुने गरी काम गरौ भन्ने भावना कसैसँगै छैन ।

यसले पनि विकासका काममा धेरै चुनौती बढाउँछ । यस्तै योजना सञ्चालनका लागि समयमै प्राविधिक टोली र आवाश्यक बजेट नहुदाँ पनि सोचेनुसार काम हुदैन । थोरै बजेटले आधा काम हुन्छ । अर्को बजेट आउन्जेल त्यो भत्किसक्छ । त्यसैले काम गर्न भने जति सजिलो छैन ।

तपाँईहरुले काम गर्दागर्दै केहि पनि गर्न सकेनन्, जनप्रतिनिधिको काम छैन भन्ने जस्ता आरोप पनि लाग्छन् नी ?

यसमा सबैभन्दा पहिलो कुरा जनप्रतिनिधिबिचकै समन्वय राम्रो नहुनु हो । दोस्रो कुरा जनताले आरोप लगाउनु भन्दा काम किन भएन र कसरी गर्न सकिन्छ भनेर सकारात्मक सोचाइको विकास गर्नुपर्छ ।

जानेबुझेकैबाट जनतालाई नगरपालिकामा धेरै बजेट छ, उनीहरु केहि गर्दैनन्, तिमिहरुले पाएनौ, भन्ने जस्ता कुरा सुनाई दिदाँ जनताहरुले पनि यथार्थ नबुझेरै बोल्ने बानी बढेको हो । यस बिषयमा मिडियाको महत्वपुर्ण भुमिका हुने भएकाले यहाँका राम्रा कामको प्रचार र सुधार्नुपर्ने कामबारे सुझाब दिन पनि अनुरोध गर्छु ।

प्रदेश सरकारले स्थानीय तहमा समन्वय नगरी काम गर्छन् भन्ने छनी के हो ?

हाम्रोमा त समन्वय भएकै छ । भएकोलाई नभएको भन्न मिल्दैन । तर समयमै जानकारी भने हुदैन ।

किनकी जानकारी भयो भने कतिखेर प्राविधिक खटाउने, अनुगमन गर्ने भन्ने तयारी हुन्थ्यो । तर एक्कासी तपाँईहरु अनुगमन गरीदिनुहोस्, प्राविधिक पठाई दिनुहोस् भन्ने खबर आउँछ ।

प्रदेश सरकारका योजनामा सुचना निकै ढिलो आउँछ । समन्वय भएपनि प्रभावकारी चाँही छैन । आगामी दिनमा यतिले मात्रै नपुग्ने भएकाले समन्वय अँझै प्रभावकारी हुनुपर्छ । यसमा हामिले पनि चासो राख्नेछौ ।

अन्तमा अब तपाँईको बाँकी कार्यकालमा गर्नैपर्ने केहि योजना छन् भने भन्नुहोस् ?

अब मैले गर्नुपर्ने त । धेरै छन् । समयले पनि साथ दिनु परो । दक्षजनशक्ति, आवाश्यक बजेट र सकारात्मक सहयोग भए धेरै गर्न सकिन्छ । मनले मात्रै भनेर हुँदैन । स्रोत साधान पनि उत्तिकै चाहिन्छ ।

तर पहिलो कुरा मैले गर्नै पर्ने भनेको धुलियाविट–भेडाबारी सडक पक्कि बनाउने हो । यस बिषयमा प्रदेश र संघमा पहल भइरहेको छ । दोस्रो कुरा हामि निस्किन्जेल नगरपालिका र सबै वडामा प्रयाप्त भवन बनाएर निस्किनु छ ।

किनकी आउने जनप्रतिनिधिलाइ ढुक्क भएर काम गर्न सजिलो हुन्छ । र तेस्रो कुरा लेकवेशीको माथिल्लो भाग अर्थात लेक भेगमा वडा नम्बर दुई, तीन र पाँच नम्बरमा व्यवसायीक टिम्मुर र कागती खेती गराएरै छोड्नेछुँ । बाँकी शिक्षा र स्वाथ्यका क्षेत्रमा भएका समस्या मेरै कार्यकालमा अन्त्य हुनेछन् ।

तपाईको प्रतिक्रिया