रुकुम : रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जाड्ने पुलको कथाब्यथा! रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेवल पुल निर्माणको काम थालिएको ६ बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।
६ बर्षसम्म पुल निर्माणको १५ प्रतिशत पनि काम भएको छैन । मध्य–पहाडी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ ।
तर मध्यपहाडी लोकमार्ग अन्तर्गतको पुल निर्माणको काम भने बषौं देखि अलपत्र छ । स्थानीय भिमबहादुर राणाका अनुसार ठेकेदार कम्पनीले केहि बर्षमा एकदुई पटक आएर काम गरेजस्तो गर्ने गरेको भए पनि बषौंसम्म पनि काम सम्पन्न नगरेको बताए ।
‘यहाँका स्थानीयहरुले अब त पुल बन्दैन होला जस्तो नै सोचिसकेका छन’ उनले भने, ‘यस सडक मार्फत यात्रा गर्ने मान्छेहरु यहाँ पुल बन्न किन ढिलाई भइरहेको छ भनेर हामीलाई पो सोधेर हैरान बनाएका छन, हामी के जवाफ दिउँ ?’ पुल निर्माणको जिम्मा ठेकेदार कम्पनी वाईपी कन्स्ट्रक्सनले लिएको छ ।
ठेकेदारकै ढिलासुस्ती र लापरवाहीका कारण पुल निर्माण अलपत्र हुदा मध्यपहाडी लोकमार्ग मार्फत यात्रा गर्न यात्रुहरुलाई निकै अफ्ठेरो भएको छ ।
युग संवाददाता । । ९ माघ २०७६, बिहीबार १२:४१