सभामुखको उम्मेदवार सापकोटा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको नेकपा सचिवलाय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो । संसद सचिवालयकी महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए ।

राजनीनामापछि पुर्पक्षका लागि महरा जेलमा छन् । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयले सत्तारुढ नेकपामा रस्साकस्सी हुँदै आएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्ना नजिकका व्यक्तिलाई सभामुख बनाउने अडानका कारण सो विषय लामो समयसम्म टुंगिन सकेको थिएन ।

तपाईको प्रतिक्रिया