शाकाहारी कण्डम लोकप्रिय होला ?

विश्वमा सुन्दै अचम्म लाग्ने नयाँ किसिमको कण्डमले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ, त्यो हो शाकाहारी कण्डम । कण्डमलाई शाकाहारी र मांसाहारी भनेर विभाजन सन् २०१३देखि सुरु भएको हो ।

त्योभन्दा पहिलेसम्म हरेक कण्डमहरु भेँडाको आन्द्रा आदिबाट बनाउने गरिन्थ्यो । तर, सन् २०१३ देखि त्यसरी जनावरको अंगहरुको प्रयोग विना नै कण्डमको प्रयोग गर्न थालियो । सोही समयदेखि नै शाकाहारी र मांसाहारी कण्डमको अवधारणा आउन थाल्यो ।

अहिले यही शाकाहारी कण्डमको प्रयोग बढी हुने गरेको छ । सन् २०१५ मा फिलिप सिफर र वाल्डेमार जेइलर नयाँ व्यवसायको लागि क्राउड फन्डिङ गर्दै थिए । उनीहरु यस्तो व्यवसायको खोजीमा थिए, जुन सिंगो दुनियाँको लागि अचम्मको विषय थियो । सिफर भन्छिन्, ‘हाम्रो व्यवसाय नै अचम्मको थियो, शाकाहारी कण्डमको ।

पैसा दिने दाताहरूले समेत कैयौं पटक हामीलाई यस्तै प्रश्न सोध्ने गर्थे, कन्डम पनि शाकाहारी हुन्छ र ?’ सिफर र जेइलरले यो पनि बुझेनन कि जनावरको प्रोटिनयुक्त कन्डम रबरलाई नरम बनाउनको लागि प्रयोग गरिन्छ । दुबै बर्लिनका उद्यमीहरू वातावरणप्रति सचेत ग्राहकहरू मार्फत् विश्वभरी नै आठ अर्ब डलरको शाकाहारी कण्डमको बजार विकास गराउने तयारीमा थिए ।

उनीहरुले व्यवसायको लागि एउटा अध्ययन गरेका थिए । त्यसबाट उनीहरु पनि आश्चर्यचकित भए कि त्यस्ता व्यक्तिहरूको संख्या धेरै ठूलो छ । जसले चार वर्षसम्म शाकाहारी उत्पादनहरुको बजार मूल्यमा भारी बृद्धि भएको थियो । सोही अध्ययनले उनीहरुलाई शाकाहारी कण्डम तर्फ ध्यानाकषिर्त गराउन पुग्यो । उनको एउटा कम्पनी छ, जसको नाम आइन्हर्न हो । जसको अर्थ जर्मनमा युनिहर्न हुन्छ ।

यो शब्द एक अर्ब डलरको कारोबार गर्ने स्टार्ट अप कम्पनीहरूलाई चिनाउन प्रयोग गरिन्छ । सिफर र जेइलरको कम्पनी अझैसम्म पनि त्यस बिन्दुमा पुगेको छैन । तर, तिनीहरू केन्द्रमा दिगो रुपमा आफ्नो व्यापार टिकाउन सफल भएका छन् । यसले व्यापार समूहको लागि सम्भावनाहरूको नयाँ ढोका खोलेको छ ।
जर्मनीमा गर्भनिरोधको लागि गोली खानेपछि सबैभन्दा धेरै लोकप्रिय कण्डमको प्रयोग गर्नु हो ।

तर, उनको प्रेमिकासँग किनमेल गर्दा सिफरलाई आफूले प्रयोग गर्दै आएको कण्डम पुरानो लाग्दै आएको थियो । उनीहरूले महसुस गरे कि आजका उपभोक्ताहरूले आफूले जस्तै नयाँ वातावरण अनुकूल र वैकल्पिक उत्पादनलाई रुचाउने गरेका छन् । सुरुमा त जेइलरले आफ्नै विचारलाई आफैँले खारेज गरिदिए । तर, पछि उनले इकमर्सको लागि यो पनि एउटा उपयुक्त विकल्प हुनसक्ने लाग्यो र त्यसैलाई अँगाल्ने निर्णय गरे ।

उनीहरु एउटा यस्तो बस्तुको कारोबार गर्न चाहन्थे । जुन केवल पृथ्वीको लागि मात्रै नभएर सिंगो कम्पनीका कर्मचारीहरुलाई समेत उपयोगी बनोस् । उनी १० वर्षदेखि स्टार्टअप कम्पनीमा काम गर्दै थिए भने उनी आफ्नो सपना साकार बनाउन चाहन्थे । सिफर भन्छिन्, ‘यदि बाल्यकालमा मलाई कसैले के भन्न चाहन्छेस् ? भनेका थिए भने मैले करोडपति भन्ने गरेको थिएँ ।’ १० वर्षको उद्यमपछि उनीहरु करोडपति बन्दै थिए ।

तर, पनि उनीहरुमा त्यसको कुनै हर्ष थिएन । उनीहरुले सुरुमा व्यापार गर्नको लागि एक लाख युरोको लागि क्राउड फण्डिङको साहारा लिएका थिए । उनीहरु सो व्यवसायलाई यस्तो बनाउन चाहन्थे कि जसलाई सहजै बेच्न सकियोस् र अनलाईनमा पठाएको समान फिर्ता ल्याउनु नपरोस् । त्यो त्यही समय थियो जतिबेला शाकाहारवाद आइन्हार्न प्रोडक्ट प्लानिङको हिस्सा बनेको थियो । ‘कन्डमहरू हाम्रो लागि सही उत्पादन थियो ।

सुरुमा हामीले सोचेका पनि थिएनौं कि कण्डमहरु शाकाहारी नै बन्नेछन् कि बन्दैनन् । भेँडाहरूको आन्द्राबाट कन्डम बनाउने दिन बितिसकेको छ ।
त्यतिबेलासम्म त्यहाँ भेँडाहरुको आन्द्राबाट कण्डम बनाउने गरिन्थ्यो । तर, त्यो विधिलाई मानिसहरुले बिस्तारै मनपराउन छाडिसकेका थिए । तरपनि बजारमा त्यसको विकल्प थिएन र प्रयोग भइरहेको थियो । कण्डमको लागि सबैभन्दा धेरै आवश्यक तत्व भनेको रबर हो । जुन एशियाको उष्णकटिबन्धीय क्षेत्रहरूमा हुने रबरको रूखहरूबाट निकाल्ने गरिन्छ ।

जसमा क्यासिन प्रोटिनको प्रयोग हुन्छ । केसिन प्रोटिन जब स्तनधारी जनावरको दूधमा मिलाइन्छ । त्यसले कण्डमको रबरलाई नरम बनाउने गर्छ । तर, आइन्हर्नले केसिन प्रोटिनको प्रयोग गर्ने गरेको थिएन । कम्पनीले रबरलाई मुलायम बनाउनको लागि प्राकृतिक रुपमा नै विभिन्न किसिमका रुखहरुमा पाइने चिल्लो पदार्थको प्रयोग गरेको थियो । उनीहरुको विचारमा रबर वातावरण अनुकूल छ । तर, आइन्हर्न शाकाहारी कन्डम बनाउने पहिलो कम्पनी होइन ।

तपाईको प्रतिक्रिया