भ्रमण वर्षको शुभारम्भ बुलबुलेबाट

सुर्खेत : नेपाल भ्रमण वर्षको कर्णालीमा पनि शुभारम्भ गरिने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को बुलबुले तालबाट शुभारम्भ गर्न लागेको हो ।

भोली (बुधवार)बुलबुले तालमा औपचारिक कार्यक्रमको आयोजना गरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गरिने मन्त्रालयले जानकारी दिएको छ । कर्णालीका पर्यटन क्षेत्रको पूर्वाधारमा लगानी गरीरहेकाले विगतकोभन्दा अपेक्षाकृत नतिजा आउनेमा मन्त्रालय आशावादी छ ।

भ्रमण वर्षको उद्घाटन स्थलमै कर्णालीका प्रमुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय सम्पादाहरुको फोटो तथा ब्यानर राखिने मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए । कर्णालीमा धेरै पर्यटक भित्र्याउने उदेश्यले प्रचारप्रसार, कर्णालीको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम र प्रदेशको छुट्टै पहिचान दिने लोगो समेत सार्वजनिक गरिने आचार्यको भनाई छ ।

उद्घाटन समारोहमा १३ औं सागमा कर्णालीबाट प्रतिनीधित्व गरेर पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम छ । कर्णाली रारा भ्रमण वर्ष सफल पार्न खेलकुद कार्यक्रम प्रदर्शन गर्ने अपाङ्ग खेलागडीहरुलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया