सुर्खेत,
होटल व्यवहासयी संघ सुर्खेतकोे तेस्रो राष्ट्रिय महाधिवेशन सुर्खेतमा हुने भएको छ । कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रको ढोका खोल्ने उद्देश्यका साथ महाधिवेशन सुर्खेतका आयोजना गर्न लागिएको हो । आगामी पुस ४ र ५ गते हुने तेस्रो अधिवेशनमा देशभरबाट ८० हजार होटल व्यावसायीहरुको प्रतिनिधित्व हुने होटल व्यवसायी संघ सुर्खेतले जनाएको छ ।
शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावलका अनुसारार भेलमा ८० हजार होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै एक हजार पाँच सय ५० जना होटल व्यवसायीहरुले सहभागिता जनाउने छन् ।
विशेषगरी कर्णाली प्रदेशले एक लाख बाह्य पर्यटक भित्र्याउने लिएको लक्ष्यलाई सहयोग पु¥याउन र यहाँ आउने पर्यटकलाई स्वागत गर्न कर्णाली सक्षम छन् भन्ने सन्देश दिन महासंघको महाधिवेशनले सुर्खेतमा आयोजना गरिएको हो ।
करिव ९६ लाख खर्च लाग्ने अनुमान गरिएको महाधिवशेन उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई आउने आयोजकले जनाएको छ । साथै सहभागीहरुलाई अर्गानिक खाना परिकार चखाउने समेत सुर्खेतका होटल व्यवसायीहरुले लक्ष्य लिएका छन् ।
युग संवाददाता । । १८ मंसिर २०७६, बुधबार १२:४५