‘टालो’ को च्यारीटी सो आज

सुर्खेत :   कर्णालीका विभिन्न पर्यटकिय क्षेत्रहरुमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘टालो’ को आज (शनिवार) च्यारिटी सो हुने भएको छ ।

पुस ५ गते दिउँसो १२ बजे घण्टाघरको सभाहलमा मा सार्वजनिक गर्न लागेको निर्माण निर्माण पक्षले जानकारी दिएको छ ।
गाउँ समाजमा अझैँ पनि अधिकार जमाएर बसेका कुरिति, कुसंस्कार र विषेश गरि महिलाहिंसा र छाउपढिप्रथा जस्ता सामाजिक विकृति, बिङ्गती समेटी मुनाफा रहित सामाजिक जनचेतना निमार्ण गर्ने चलचित्रको मुख्य उदेश्य रहेको रहेको निर्माण पक्षको दावी छ ।

चलचित्रको नृत्य निर्देशन खगेन्द्र हमालले गरेका छन् । भने पट कथा तथा सम्पादन दीपक श्रेष्ठको रहेको छ । चलचित्रमा मायालु र उठ न उठ गीत गरी दुई वटा गीत समावेश गरिएको छ । चलचित्रमा रिम विश्वकर्मा र अञ्जली खड्काको मूख्य भूमिका रहेको छ ।

चलचित्रमा समावेश गीतहरुमा गायिका मेलीना राई र गायक ऋषि खड्काको स्वर रहेको छ । भने गीतको रचना र संगीत ऋषि खड्काको रहेको छ । यस्तै द्वन्द्व उत्तम रिमाल, छायाँकन तथा रंग संयोजन योगेश शाक्यले गरेका छन् । निहारीका फिल्मस प्रा.लि को ब्यानरमा निर्माण भएको चलचित्र निर्देशन तथा सम्पादन दीपक श्रेष्ठ रहेको छ ।

तपाईको प्रतिक्रिया