प्रारम्भिक बालविकासको प्रदेश न. ५ लाई सुझाव : बाल नितिमा जोड्

दिनेश कुमार बुढा

बुटवल :  प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको टोलीले सोमबार प्रदेश नं ५ का सांसदहरुलाई सुझाब दिएका छन् ।

अवलोकन भ्रमणको क्रममा प्रदेश नं. ५ बुटवल काे प्रदेश सभा सांसदहरुको कार्यलयमै पुगेर भेटघाट गरी एक आपसमा छलफल तथा अन्तरक्रिया भएको हो । उक्त भेटघाट कार्यक्रममा समसामुहिक रुपमा छलफल गर्दा प्रदेश नं. ५ मा बालबालिकाको विकासको लागि कानूनको निर्माण नभएको पाए पछि कर्णाली प्रदेशका सांसदहरुले बाल विकासको लागि पनि कानून तथा निति नियम बनाउँनु पर्ने सुझाब दिएका छन् ।

साथै बालविकासको स्वास्थ्य तथा शिक्षा विषयमा अनिवार्य रुपमा निति, नियम तथा कानूनको तत्काल निर्माण गरि कार्यन्वयन मा ल्याउनु पर्ने जोड् दिएका छन् ।
यस्तै प्रारम्भिक बाल विकासका कर्णाली प्रदेशको संयोजक सिता नेपालीले आमाको गर्भामा रहेको भूण अवस्था देखी लियर आठ बर्ष पुरा नभएका तथा विकास हुदै गर्दाको बालबालिकाको लागि यस संस्थाले काम गर्दै आएको बताईन् ।

उनले भनिन् ‘कानून तथा निति नियम प्रदेश सभाबाट नै निर्माण हुने भएकाले कानून तथा निति, नियम बनाउँदा बालबालिका को बालविकासको लागि कानून बनाउँन अनुरोध गछौँ’, ‘किन भने नेपालको संविधानमा बालअधिकार हक पनि उल्लेख गरेको हुदाँ उक्त संस्थाले यसमा काम गर्दै आएको छ ।’

प्रदेश नं. ५ को उप–सभामुख कृष्णी थारुले अवलोकनको क्रममा प्रदेश नं. ५ बो बुटवल पुगेका प्रारम्भिक बाल विकासकाको टोलीलाइ शुभकामना तथा स्वागत व्यक्त गर्दै कर्णाली प्रदेशबाट आएको सलाह, सुझाबलाई मनन गर्दै प्रदेश नं. ५ का सबै प्रदेश सभा सदस्यहरु बसेर प्रदेश नं. ५ बाट पनि बालविकासको लागि कानून तथा निति, नियम बनाउन छलफलमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भौक्तिक पुर्वाधार विकास समिति प्रदेश नं. ५ की सभापति तथा प्रदेश सभा सदस्य आशा स्वर्णकारले प्रदेश नं. ५ मा अझै पनि दलित तथा जनजाति भनेर गरिने छुवाछुत तथा भेदभावले जेली राखेको र यस्ले गर्दा बालविकासको बारेमा कानून बनाउँन असजिलो भएको बताइन् ।

प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको आयोजना तथा सेभ द चिल्डे«न र सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतको सहजिकरणमा तयगरिएको छ दिने अवलोकन भ्रमणमा सहभागी  ११ जना प्रदेश सभा सदस्य, सेभ द चिल्डे«नका संयोजक यम थापा, सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतका निर्देशक जानकी देवकोटा रअध्यक्ष रत्नलाल शर्मा लगाएतको टोलीले सम्रगमा अवलोकनको क्रममा प्रदेश नं ५  काे राजधानी बुटवल पुगेको हो ।

तपाईको प्रतिक्रिया