जुम्लामा आवासीय विद्यालय

जुम्ला : कालिकोट पलाता गाउँपालिका ७ का वीरबहादुर बमका सानै उमेरमा बुवाको निधन भयो । पेटको उपचार हुन नसक्दा बुवा बितेपछि उनी साहरा बिहिन बने ।

आफू जन्मेको एक वर्ष नपुग्दै बुबाको मृत्यु भएपछि स्कुल लैजाने कापी कलम जुटाउन पनि निकै कठिन थियो । आमाको कमाइले खाना खर्च पनि पुग्दैनथ्यो । स्कुल गएर राम्रोस“ग अध्ययन गर्ने उनको सपना हिमा गाउँपालिकाले साकार बनाइदियो । दुई वर्षअघि स्थानीय सरकारले आफ्नै लगानीमा एक आवशिय विद्यालय खोलेपछि उनले पनि पढ्न पाए ।

उनले भने, अभिभावकीय दायित्व स्कुलले पुरा गर्दिएको छ । ’ १० वर्षका उनी अहिले कक्षा २ मा पढ्छन् ।
हिमा गाउँपालिका बड्कीका अनिशकुमार शाहीको एक बर्ष नपुग्दै आमा बितिन् । आमाको मायाबाट बञ्चित उनले राम्रो शिक्षा, दिक्षा पाउन सकेका थिएनन्। घरमा काममा खटाइन्थ्यो । अहिले स्कुलमै बस्ने, खाने, पढ्ने र सुत्नेसहितको व्यवस्था भएपछि उनी

निकै खुसी छन् । उनले भने, ‘शिक्षक, शिक्षिकाबाट आमाको माया पाइराखेको छु ।’ उनले ठूलोे भएपछि नेपाली सेना भएर देशको रक्षा गर्ने इच्छा भएकोले यो विद्यालयले त्यो इच्छा पुरा गर्ने आशा व्यक्त गरे ।

हिमा पातारखोला गाउँकी रमिता अधिकारीका बुबा तत्कालिन जनयुद्धकालमा प्रहरी र बिद्रोही माओवादी बीचको दोहोरो भिडन्तमा मारिए । घरमा एक्लो आमा मात्र छन् । उनी भक्कानिदै भन्छिन्, ‘बुबालाइ देख्न पाइन। बुबाले छोराछोरीप्रति खेल्ने भुमिका बारेमा पनि कुनै अनुभव छैन् । तर आवशिय विद्यालयमा आइपुगेपछि शान्तिको सास फेर्न थालेकी छु ।

जुम्लाको हिमा गाउँपालिकाले आफ्नो लगानीमा आवशिय विद्यालय खोलेपछि यहाँका टुहुरा, आर्थिक रुपमा निकै बिपन्न र असाहय बालबालिकालाइ राहत मिलेको छ । अहिले त्यो विद्यालयमा ५२ जना बालबालिकाले अध्ययन गरि राखेका छन् । जुम्लाको हिमा, तिला र सिँजा गाउँपालिका र कालिकोटका पलता, खाँडाचक्र, महावै र तिला गुफा नगरपालिकाका बालबालिका आवशिय विद्यालयमा आएर पठनपाठन गरिरहेका छन् ।

यो विद्यालय कक्षा तीन सम्म सञ्चालित छ । माथिल्ला कक्षा अध्ययन गर्न कालिका आधारभूत विद्यालयमा समन्वय भइरहेको छ । आवासको सुविधा आवशिय विद्यालयलयले गर्नेछ।पठनपाठन कालिका आधारभुत विद्यालयमा हुनेछ यहाँ पढ्न लेख्न राम्रो प्रबन्ध छ । बालमैत्री वातावरणमा पठनपाठन भइरहेको छ । यो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ चलिरहेको छ। हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही गरिब, विपन्न, असाहय, टुहुरा बालबालिकाको भबिष्य निर्माणको लागि विद्यालय खुलेको बताउँछन् । विद्यालय स्थापना गरेको दुइ बर्षमा ४० लाख रुपैयाँ लगानी भइसकेको छ ।

पुरानो सामुदायिक स्वास्थ्य इकाइको भवनमा स्कुल चलिरहेको छ। नयाँ संरचना निर्माणको लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको छ । यहाँ जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा घाइते परिवारका बालबालिका पनि अध्ययनरत छन् । शिक्षाबाट बञ्चित बालबालिकाका लागि यो विद्यालय खुलेकोले अब यहाँका बालबालिका शिक्षा क्षेत्रबाट बञ्चित नहुने अभिभावक बताउँछन् । गाउँपालिकाले दुइ जना शिक्षक राखेको छ ।

दुइ जना भान्से, एक जना कार्यालय सहयोगी,एक जना स्टोर किपर राखेको छ । विद्यार्थीको नियमित स्वास्थ्यचेक पनि हुन्छ । यो वर्ष विद्यालयको घेराबार, भवन, खानेपानी तथा शौचालय बनाउने तयारी भइरहेको छ । यो विद्यालयलाइ सिँजा क्षेत्रकै नमुना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ । विद्यालयमा ५२ जना बालबालिका छन् । जसमा ३० जना छात्र र २२ जना छात्रा विद्यालयमा विद्यार्थी निकै अनुशासित छन् ।

अन्य सामुदायिक तथा सरकारी विद्यालय भन्दा पढाइ निकै गुणस्तरको छ । विद्यालयको अहिलेको संरचना अपांगमैत्री छ । बालमैत्री र गुणस्तरिय शिक्षामैत्री छ ।

राजनीतिक दलको साथ
कर्णालीमै पहिलो पटक स्थापना भएको हिमा आवशिय विद्यालयको उत्थानका लागि यहाँका राजनैतिक दलले पनि साथ दिने भएका छन् । उनीहरुले आफ्नो क्षेत्रमा लाग्दोपुग्दो साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष वीरबहादुर कुँवर आवशिय विद्यालय खोलेर हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो चिन्ता जाहेर गरेको बताउँछन् । उनले भने,‘यो कर्णालीमा भएका स्थानीय तह मध्य एक मात्र उदाहरणीय कार्य हो । यो कार्यप्रति सबै राजनीतिक दल सकरात्मक छन् । यो विद्यालयको उज्ज्वल भविष्यको लागि सहयोग गर्न तत्पर छ ।’ उनले विद्यालय सञ्चालन, व्यवस्थापन, भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकार संग पहल गर्ने बताए ।

विद्यार्थी नेता अमरजंग शाहीले आवशिय विद्यालयबाट उत्पादित जनशक्ति निकै गुणस्तरिय र अनुशासित हुनेमा जोड दिए । उनले विद्यालयको आर्थिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा सकेसम्मको साथ दिने बताए । आवशिय विद्यालय खुलेपछि स्थानीयले सिंहदरवार गाउँमा पुगेको अनुभुति गर्न थालेका छन् । गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको स्थानीय स्तरमा उच्च प्रसंसा भइरहेको छ ।

विद्यालयको नेकपा अध्यक्ष वीरबहादुर कुँवर नेतृत्वको टोलीले अनुगमन गरेको थियो । हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले अन्य विद्यालय भन्दा यो विद्यालय हरेक हिसावले फरक हुने बताइन् । यो विद्यालयमा सबैले साथ दिने बचन दिएकोले निकट भविष्यमै स्तरउन्नती कार्य पनि अघि बढ्नेमा जोड दिइन् । प्रत्येक बर्ष २० देखि २२ जना असाहय बालबालिका विद्यालयमा भर्ना हुनेछन् ।

तपाईको प्रतिक्रिया