सल्यानमा ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा ज्यान गएको हो । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा हुँदा स्थानीयवासी १४ वर्षीय गोबर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ बर्षीया सिर्जना बस्नेतको ज्यान गएको […]



