नलगाड नगरपालिकामा प्रशासनिक अन्योल

जाजरकोटको नलगाड नगरपालिका–नगरप्रमुख डम्बरबहादुर रावतको स्वार्थमा केन्द्रीयताको आरोप लगाउँदै नलगाड नगरपालिकाका ७ वडाध्यक्ष सहित कार्यपालिकाका सदस्यहरूले दुई दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन् । १३ मध्ये ७ वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले सयुक्त रुपमा कार्यवाहक नगरप्रमुख कैशिबहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । वडा नं. ४ का वडाध्यक्ष बद्री पन्तले दुई दिनभित्र समस्या समाधान […]

नलगाड नगरपालिकामा पदपूर्तिका प्रक्रियामा अनियमितता, स्थानीय युवाको छानबिनको माग

जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा हालै भएको पदपूर्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको छ । स्थानीय युवाहरूले नगरपालिकामा विज्ञापन गरिएको सुशा परियोजनाका पदपूर्ति प्रक्रियामा अमर्यादित र अस्वस्थ प्रणाली अपनाइएको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय युवाहरूले नगरपालिकालाई दिएको निवेदनमा सिफारिस गरिएका उम्मेदवारहरूको योग्यता र अनुभव सम्बन्धी कागजातहरू फर्जी हुन सक्ने आशंका व्यक्त गरिएको छ । […]

नलगाड नगरपालिका कर्णालीमा संस्थागत क्षमतामा पहिलो स्थानमा

आव २०७९/८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कर्णाली प्रदेशका सबै पालिकालाई उछिनेर जाजरकोटको नलगाड नगरपालिका पहिलो भएको छ । नलगाड नगरपालिकाले सबैभन्दा बढी ८८ अंक ल्याएर पहिलो स्थान हासिल गरेको हो । पहिलो पटक नलगाड नगरपालिकाले उपसचिव मानबहादुर गिरीलाई प्रमुख प्रशाकीय अधिकृत पाएको थियो । त्यस्तै १३ स्थानीय तहले ८० अंक कटाएर डिस्टिङसन हासिल […]

सम्पादकीय : सम्हाल्ने चक्करमा आफ्नै फुस्केला नी !

एउटै सडक आयोजनामा पालिका र पूर्वाधार कार्यालय दोहोरो भुक्तानी गरेर १३ लाख राजश्व खातामा जम्मा गरेर चर्चित बनेको नगरपालिका हो जाजरकोटको नलगाड नगरपालिका । यो गत २०८० को कुरा हो भने यो पटक पनि चर्चित नै रहेको नाम भो सो नगरपालिका । जहाँ माओवादी निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी यूनियन क्रान्तिकारीका क्रान्तिकारी […]

जाजरकोट नलगाडका कर्मचारी र जनप्रतिनिधिले घुम्नमै सिध्याए आधा करोड

संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस र रिसवत लेनदेन गर्ने, गैरकानूनी मानिन्छ । लाभ लिने बदनीयत राखेर काम गर्ने र गैरकानूनी सम्पति, सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिष्पर्धा सीमित गर्ने, विनाप्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्वसम्भाव्यता अध्ययन, आवश्यकता […]

तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज

भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिमको आठबिसकोट–४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदीमाथिको बेलिब्रिज उद्घाटन भएको छ । केही दिनअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बेलिब्रिज पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले औपचारिक उद्घाटन गरेका हुन् । सांसद शर्माले तीन देश (भारत, नेपाल र चीन)को लाइफलाइनका रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले […]