निःशुल्क स्वास्थ्य शिविर
सुर्खेत,२१ मंसिर ।
लायन्स क्लव अफ सुर्खेतको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविर शनिबार वीरेन्द्रनगर–१० मा सम्पन्न भएको छ । तौल, सुगर, प्रेसर चेकजाँच गरिएको शिविरमा करिव ८० जनाले सेवा लिएको जनाइएको छ ।

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ एन का प्रथम भाईस गर्भनर टीकाराम चपाईको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष दीपक कुमार बुढाको अध्यक्षतामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही अवसरमा लायन्स लिडरहरु सन्तोश शर्मा, कविराज कँडेल, मंगल शर्मा लगायतको उपस्थिति रहेको थियो ।







