युवालाई राजनीतिप्रति अपनत्व बढाउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिप्रति अपनत्व बढाउन युवाहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री कडेलले युवाले राजनीतिप्रति वितृष्णा बाँड्नेभन्दा राजनीतिमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।

नीति र शासनमा युवा कार्यक्रम अन्र्तगत कर्णालीका विभिन्न जिल्लाहरुबाट सहभागी भएका युवाहरुसँग सोमबार अन्र्तक्रिया गर्दे मुख्यमन्त्री कँडेलले राजनीतिनै देशको मूल नीति भएकोले राजनीतिलाई घृणा होइन सही ढंगले उपयोग गर्न पनि युवाहरुलाई सुझाव दिए । पछिल्लो पुस्तामा राजनीतिप्रति वितृष्णा बढने खालका अभिव्यक्ति पाइने गरेको बताउँदै मुख्यमन्त्री कंडेलले राजनीति र दललाई गाली गर्नुभन्दा सुधार गर्ने बाटोमा युवाहरु नै अघि सर्नु पर्नेमा जोड दिए ।

बाहुबली र खानदानको आधारमा राजनीति गर्ने र जनप्रतिनिधि हुने जमाना समाप्त भएकोले चर्चा गर्दे मुख्यमन्त्री कँडेलले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा अघिल्लो पुस्तालाई पछाडी पार्न सक्ने संभावना रहेको बताए । ‘हिजो बाहुबली र खानदानको आधार राजनीतिमा स्थापित हुने चलन गैसक्यो, तपाईहरुले उत्कृष्ट काम देखाउनुहोस स्थापित हुन गाह्रो छैन्,’ उनले भने,समाज बदल्ने उपदेश दिन सजिलो भएपनि आफैँ बदिलिएर देखाउने काम जटिल छ ।’

राजनीतिमा लागेर धन दौलत कमाउनेभन्दा समाज रुपान्तरणको लागि हो भन्ने विषयलाई युवाहरुले जति धेरै बुभ्न सक्यौं त्यति नै राजनीति सहज र निष्कंलक हुने बताउदै मुख्यमन्त्री कँडेलले बताए ।

कार्यक्रमको आयोजक संस्था ऋतिक फाउण्डेशन अध्यक्ष कमलराज लम्सालले जनप्रतिनिधिमूलक सस्था प्रदेशसभाका काम कारवाहीमा प्रदेशसभा सदस्यहरुलाई सहजीकरण गर्दे उत्प्रेरकको काममा सहभागी यूवाहरुले योगदान दिने बताए ।

तपाईको प्रतिक्रिया