माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

जुम्लामा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका(६ की अन्दाजी २५ वर्षीया बिमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

चन्दननाथ नगरपालिका-४ स्थित मालाभिडमा रहेको माटीखानमा माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि उनी पुरिएकी थिइन् ।

जुम्ला प्रहरी प्रमुख डीएसपी छेदिलाल कामतीका अनुसार मृत्तक बिमला सुनार सहित ५/६ जना माटो ल्याउन गएका थिए । एक्कासी माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भएको र अन्य भागेर बाच्न सफल भएको उनको भनाई छ ।

शव पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृत्तक सुनारका श्रीमान भने हाल वैदेशिक रोजगारीको शिलशिलामा रहेका छन् ।

तपाईको प्रतिक्रिया