स्याउ कटिङ गरेर तीन लाख बढी कमाउँदै उर्थु गाउँका हर्क र अम्मरसिंह

गाउँ–घरका केही छिमेकीहरु भारतबाट फर्किएर गाउँमा बसेर केही हुँदैन भन्दै फुर्ती लगाउँथे । भारतमा दुईचार वर्ष बसेपछि जीवन फेरिइहाल्छ । गाउँलेले पनि देश–विदेश गएको भनेपछि राम्रो इज्जत्र र प्रतिष्ठा गर्ने।पैसाको फुर्ती उस्तै। सहर–बजारमा घरघडेरी जोडे झनै बढी राम्रो मान्ने हाम्रो समाजले । दौंतरीको कुरा सुनेर उनको मन पनि भारततिर लोभियो । जुम्लाको पातारासी गाउँपालिका–६ उर्थु गाउँका हर्कबहादुर बुढा ६ वर्षअघि भारत हानिए । त्यति बेला उनले आर्थिक रूपमा सबल भएर सहर–बजारमा घरघडेरी किन्ने,सहरीया बन्ने सपना देखेका थिए । तर, साथीभाइले भनेजस्तो रहेनछ्। अर्कोको देशमा काम । जाँदा लागेको ऋण तिर्न, घरखर्च पठाउन र केही पैसा बचत गर्न निकै कठिनाइ भयो ।

कष्टपूर्ण अवस्थामा उनले चार वर्ष बिताएर फर्किए। ‘शरीर भारत तर, मन गाउँकै पाखापखेरोमै डुल्यो,’ उनले भने, ‘त्यति बेला साथीले भनेजस्तो प्रदेशमा पैसा फल्दो रहेछन् ।’

चार वर्षपछि गाउँ फर्केर स्याउ खेती सुरु गरे । स्याउका विरुवा काटछाटका लागि सीप सिके । ‘विदेशमा जस्तो दुस्ख गरे पैसा आफ्नै खेतबारीमै फल्दोरहेछ,’ उनले भने, ‘अब विदेशको कुरै गर्दिनँ । कृषि कर्मलाई निरन्तरता दिन्छु ।’

उनले उच्चस्तरीय शिक्षा हासिल गरेका छन् । उनको स्याउ बारीमा रोयल, रेड, गोल्डेन, रिचारेट, चक्लेटी, न्याकोन्टोस र जनाथन जातको स्याउ फलिरहेका छन् । ७ सय विरुवा छन् । जसमध्ये ५ सय फल्ने विरुवा छन् । ‘स्याउ बेचेर वर्षमा ८ लाख रुपैयाँ कमाउँछन् ।,’ उनले भने, ‘यो मेरो विदेशको भन्दा तेब्बर कमाइ हो । अझैँ स्याउ खेतीलाई विस्तार गर्छु ।’

यस्तै, उनका गाउँका अम्मरसिंह विष्टको कथा हर्कबहादुरसँग मिल्दोजुल्दो छ । बेरोजगारीले आर्थिक अवस्था कमजोर भएपछि विष्ट भारतको धेरै सहरमा मजदुरी गरे । तर, भने जस्तो आर्थिकमा उनले कमाएनन् । उनी अहिले मेरो गाउँमै स्याउ बगैंचा ५ सय विरुवा छन् । ३ सय फल्छन् । बर्सेनि ६ लाख नगद बुझ्ने गरेको बताए । विष्ट र बुढा स्याउ बगैंचा व्यवस्थापन गर्ने र काँटछाँट गर्ने तरिकाबारे जानकार छन् । उनीहरु हरेक वर्षको पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र स्याउको व्यवस्थापन गर्ने खटिन्छन । हर्क र अम्मर जस्तै उर्थुका एक सय ६० घरपरिवार स्याउ खेतीले आत्मनिर्भर छन् ।उनीहरु आफ्नो बिरुवा काँटछाँट गरिसकेपछि गाउँलेहरुको पनि काँटछाँट गरिदिन्छौ । उनिहरुले भने, प्रतिदिनको बिहान–बेलुका खाना र दिउँसोको खाजा खाएर दुवै जनाले नगद एक हजार दुई सय रुपैयाँ कमाँउने गरेको बिष्टले बताए ।

दुई महिनामा मात्रै एक जनाले स्याउ काँटछाँट गरे बापत एक लाख ९२ हजार कमाइ गर्छन् । दुई जना गरि तीन लाख ८४ हजार रुपैयाँ कमाउँछन् । एक बर्ष मात्रै होइन, उनीहरुलाई हरेक वर्ष स्याउ काँटछाँट बोलाउछन् । उनीहरुलाई पातारासी वडा र गाउँमा पनि माग आँउछ समय दिन सकिदैन् भ्याइनभ्याइ हुन्छ ।विहान १० देखि ५ बजेसम्म बारीमै व्यस्त हुन्छौं हर्कबहादुर बुढाले बताए ।

बागवानी अनुसन्धान केन्द्र राजीकोटले समेत उर्थु गाउँलाई स्याउ खेतीको नमुना गाउँका रूपमा घोषणा गरिसकेको छ । उक्त गाउँका बर्सेनि किसानले ८० हजारदेखि १५ लाख रुपैयाँसम्म कमाइरहेका छन् ।

तपाईको प्रतिक्रिया