वीलभयूको रक्तदान कार्यक्रमा चार सय जनाले गरे रक्तदान

बाँके । नेपालगन्जमा आयोजना भएको रक्तदान कार्यक्रममा चार सय जनाले रक्तदान गरेका छन् । शुक्रबार विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभलयूको आयोजनामा भएको रक्तदान अभियान कार्यक्रम गरिएको हो । जोखिममा परेकाहरुको जीवन जोगाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

भेरी बस व्यवसायी प्रा.लि.नेपालगंजको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा नेपालगंज, भिमदत्त, धनगढी, टीकापुर, वीरेन्द्रनगर, कोहलपुर गरी विभिन्न ठाउँबाट इन्टरनेशनल वीलभयू फाउन्डेसनका सदस्य, उनीहरूका परिवार तथा छिमेकीहरुबाट ६४ हजार चार मिलिलिटर रगत संकलन भएको अन्तर्राष्ट्रिय वीलभयू फाउण्डेशकी अध्यक्ष जाङ गील जाले बताइन ।

सन् २००४ मा कोरियाबाट सुरु भएको ‘रक्तदान अभियान’ २२ औँ वर्षमा प्रवेश गर्दा ६४ देशका ५२ हजार दुई जनाभन्दा बढीले रक्तदान गरिसकेको जनाइएको छ । यो अभियान अन्तर्गत वीलभयू फाउन्डेसनले नेपालमा काठमाडौँ, बुटवल, पोखरा लगायतका सहरमा रक्तदान कार्यक्रम आयोजना गरी जीवन बाँड्ने कार्यमा योगदान पु¥याउँदै आएको छ ।

यूएनडिजिसीसँग सहकार्यमा संस्थाले नेपालमा २०७२ को भूकम्पका समयमा भूकम्प पीडितहरूका लागि राहत, रूपन्देहीमा भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण, कोभिड–१९ महामारीको सामना गर्न क्वारेन्टाइन सामग्रीहरू निर्माणमा वीलभयूले सहयोग पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया