राष्ट्रिय वाणिज्य बैकद्वारा कोहलपुरलाई ट्री गार्ड

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयले कोहपुरले कोहलपुर नगरपालिकालाई २० थान ट्री गार्ड प्रदान गरेको छ । बैंकको ६० ओै स्थापना दिवसको अवसरमा बिहिवार सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाका प्रवन्धक चिरञ्जीवी गिरीले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

यस्तै, बैंकले वाषिकोत्सवको अवसरमा कर्मचारी तथा ग्राहकको उपस्थितिमा ओैपचारिक कार्यक्रमसमेत गरेको छ । शाखा प्रवन्धक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट कर्जा तथा निक्षेप कारोवार गर्ने ६ जना ग्राहकलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया