धेरै गाउँमा सवारीसाधन एकतर्फी मात्र भरिन्छन् । कतिपय सहर र सदरमुकाम जोड्ने सडकमा पनि त्यस्तै छ । तर, केही गाउँ यस्ता छन्, जहाँ मोटर गुड्ने धूले सडक पनि वरदान हुन थालेका छन् ।
गाउँको उत्पादनले भरिएर सवारीसाधन फर्किन थालेका छन् । गाउँलेको जीवनस्तर नै परिवर्तन भएको छ, गाउँको मुहार फेरिन थालेको छ । जुम्लाको सिंजा गाउँपालिका –५ फुङ्ग्र गाउँका परिलाल रोकायाले स्याउ बेचेरै चार लाख ५० हजार आम्दानी गरे । ‘पहिले गाउँमा स्याउ बिक्दैनथ्यो, अहिले सडक पुगेपछि बजार लान सकियो,व्यापारी गाउँमै पुगे, र आम्दानी बढयो,’ परिलालले भने । सडक पुगेपछि उनी अहिले निकै खुसी छन् ।’
बगैंचाबाटै यस वर्ष मैले स्याउ बेचेर साढे ४ लाख रुपैयाँ आम्दानी गरें, प्रति केजी ७० रुपैयाँमा बिक्री गरे । फोइचौरमा परिलालको स्याउ बगैँचा छ । ‘पाँच हजार वर्गमिटर क्षेत्रफलमा ६ सय ५० फल्ने स्याउ छन् । अझै स्याउ फल्न बाँकी छन्,’ उनले भने ।
‘गत वर्ष ४ लाख रुपैयाँका स्याउ बेचे । उक्त फुङ्ग्र गाउँका परिलाल मात्र होइन, यो वर्ष अन्य कृषकले स्याउ बेचेर राम्रो आम्दानी गरेका छन् । उक्त गाउँका,’ अर्का कृषक नर्मजङ रोकायाले भने । हाम्रो यी लेकाली बस्तीमा सडक पुगेपछि स्याउ, बिक्रीबाट हातहातमै पैसा आउँछ ।
पहिला १ दिनको पैदलमार्ग भारी बोकेर जुम्लाको सदरमुकाम खलंगामा पु¥याउनुपथ्र्यो, कुहिएर खेर जान्थ्यो, गाईवस्तुलाई खुवाउनु पथ्र्याे, कहिलेकाहीँ चाडपर्व र पुर्णिामा ( पैठ) पुजामा कोसेलीका रुपमा खाइन्थ्यो ।
अहिले घरदैलोबाटै गाडीले सुर्खेत, नेपालगन्ज, कोहोल्पुर, पोखरा काठमाडौ जस्ता ठुला सहरमा पु¥याउँछ । स्थानीय सरकार आइसकेपछि गाउँमा आम्दानीको अवसर सिर्जना भएको छ । नमजङले पनि चार लाख ३० हजार रुपैयाँका स्याउ बेचेको सुनाए । फल्ने ८ सय बढी बिरुवा छन् ।
यस्तै सोही गाउँकै रामचन्द्र रोकायाले चार लाख ४२ हजार रुपैयाँका स्याउ बेचेको बताउँछन् । उनका तीन सय फल्ने स्याउका विरुवा छन्।उनको पनि फोइचौरमा स्याउ बगैंचा छ । दुई हजार ८ सय वर्गमिटर क्षेत्रफल बगैंचा छ । अर्को लालबहादुर रोकायाले १ लाख ७० हजार, बम बहादुर रोकायाले दुई लाख र सिंजा –६ का जगत बुढाले एक लाख ५ हजार र नरबहादुर बुढाले ६० हजार रुपैयाँ स्याउ बेचे ।
यत सिंजा –५ का वडा अध्यक्ष कृष्णबहादुर रोकायाले गाउँमा सडक पुगेपछि सहज भएको बताए । उत्पादन बिक्रीवितरणले स्थानीयको दैनिकी फेरिएको छ । उनका अनुसार फुङ्ग्र गाउँमा १ सय १५ घरधुरी छ । प्रत्येक घरले स्याउ न्युनतम ३० देखि ८० हजार रुपैयाँ कमाइ गरेका छन्।यो हाम्रो कुरा ।
सडक पुगेपछि स्थानीय उत्पादन र आम्दानीसंग जोडिएका छन् । स्याउ बाहिर निर्यात गर्दा वडाले प्रति क्विन्टल २५ रुपैयाँ राजश्व लिनेको गरेको छ । गाउँपालिकाको ६ वटै वडामा सडक पुगेको छ ।
गाउँपालिका आलु, फापर, कोदो, चिनो, कागुुनो, ओखर, स्याउ, मकै, जौँ, गहुँ, तोरी, सिमी र भाँगो उत्पादनमा उर्वर मानिन्छ । अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय नरबहादुर बुढाले बताए ।
यता सिंजा गाउँपालिका अन्तर्गतको उद्योग विकास शाखाले पनि खेर गएका स्याउका परिकार बनाउने सीप सिकाँउदै आएको छ । स्याउको जाम,अचार र सःस बनाएर खेर गएको स्याउलाइ सदुपयोग गर्ने उदेश्य हो ।
सिंजाका – ४,५ र ६ वडाका कृषकलाई तालिम दिइएको उद्योग विकास शाखा प्रमुख नर्मजङ रोकायाले बताए । जुम्ला स्याउका लागि प्रसिद्ध छ।यता कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ बिक्रीवितरण भएको छ ।
तथ्याङ्क अनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको छ ।
जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।,‘जुम्ली स्याउ स्वादिलो र पोसिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’
गाेल्डेन बुढा । जुम्ला । २८ पुष २०८१, आईतवार १२:२८