वुवा अमृत नाथ योगी आमा कलासा योगीका ४ भाई ४ वहिनी मध्येका जेठा छोराका रुपमा २०३२ साल जेठ २६ गते सोमवार दिन पहिलेको काफ्लकोट गा.वि.स वडा नं. ६ हाल सिम्ता गा.पा.–२ सिर्पा गाउ“ सिहं राज्यको राजा बस्ने टाकुरी नजिक पुरानो वस्ती निम्न मध्यम परिवारमा जन्मेका हुन वलुनाथ योगी ।
पा“च बर्षको भएपछी ने.रा.प्रा.वि. लापु सिम्ता सुर्खेतबाट प्राथमिक अध्ययन शुरु गरेर त्यहि विद्यालयबाट पा“च कक्षा उत्तिर्ण गरे । कक्षा–६ देखी एसएलसी भानु.मा.वि. वजेडिचौर सिम्ता सुर्खेतबाट उत्तिर्ण त्यसपछी शिक्षा क्याम्पस वीरेन्द्रनगर सुर्खेतबाट आईएड उत्तिर्ण गरेका हुन ।
२०४६ प्रजातन्त्र प्राप्त गर्दा नेपाल विद्यार्थीसंघ नजिक भएर वीरेन्द्रनगर आन्दोलनमा सहभागि पनि भएका थिए । आइएड उत्तिर्ण भएपछी तत्कालिन घोरेटा गा.वि.स. सिम्ता सुर्खेत अस्थायी सचिव भएर ६ महिना जागिर पछी अवकाश पाएका थिए । राणा पञ्चायतकालदेखी प्राय ः सिम्तालीहरु भारतको गुजरात प्रदेशका विभिन्न शहरका होटल उद्योगमा तोरी लाहुरे भएर श्रम पोख्न जाने भएकोले उनी पनि गाउ“ले सिम्तालीहरुसंग गुजरात गएर राजकोट, भावनगर, शुरेन्द्रनगरमा १५ महिना होटलको मोरी भाँडा सफाई वइटरदेखी भेनेजर पदको नोकरी गरी सिम्ता घर फर्केका थिए ।
बुवा ज्योतिष हेर्ने र मष्टा देवताका धामी समेत भएकोले सिम्तामा प्रख्यात थिए । साथै खेतीपाती पशुपालन गरी जिविकोपार्जन गर्थे । उनले पनि प्राथमिक माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यालय विदाका दिनमा खेतीपाती पशुपालनमा सहयोग गर्दथे । ससुरा कालुनाथ योगी, सासु पानसरा योगीका ३ भाई ७ बहिनी मध्यको साइली पहिले जुगा थापाचौर गा.वि.स.–८ हाल शिवालय–७ भिउस गाउ“मा २०३० साल मंसिर १५ गते जन्मे कि नैनसरा योगीसंंग २०४७ साल असोज १५ गते मागी विवाह गरेका थिए । भारतको श्रमदास हुनु । भन्दा नेपालमा फर्केर सरकारी नोकरी गरी देशको सेवा गर्छु भनि स्वदेश फर्के सत्ताधारी पार्टीको झोले भएर २०५६ सालसम्म हिड्दा पनि नोकरी पाएनन । त्यसपछी पुन ः भारत गुजरात पुगी भाडाको श्रमदास भएर श्रम घर पठाएर परिवार पालन, पोषण गर्छु भनि सिम्ता घरबाट हालको भेरीगंगा न.पा. रामघाट मित्र पुर्ण बहादुर वस्नेतको घरमा वास वस्न गए । मित्रले यति धेरै पढे लेखेका व्याक्तिले भारतमा गएर श्रमदास हुन जानु हँुदैन । मित्रको कति ऋण लागेको छ भनि सोध्नु भयो । उनले त्यो समयमा ४० हजार ऋण छ भने । मित्र पूर्ण वहादुरले तत्काल २५०००।–, दिएर घर फर्कि सुन गहना धरौटी राखी व्यापार गर्ने सुझाव समेत दिए ।
त्यो समयमा नेपालगन्ज सुर्खेत वीरेन्द्रनगरवाट सल्यानको सल्लीवजारसम्म यातायात सञ्चालन हुन थालेको थियो । जामुने बजार हालको जाजरकोट सडक रेखाङ्कन गरेका स्थानमा ६ वटा व्यापारीले घर निर्माण गरी व्यापार शुरु गर्न थालेका थिए । सिम्ता घर फर्किदा जामुनेमा वजार उन्मुख हुने ठानी पसल खोल्ने मन बनाएर भुवान घर्तीको घरको कोठा भाडा लिने सम्झौता गरी घर पुगे ।
घरमा पुगी आमा श्रीमतिका सुन गरगहना सवै गरी ८ तोला लिएर तत्कालिन सुनको वजार मुल्य खारेर ३५००।– सय प्रतितोला थियो । सबै बेच्दा २७०००।– हुन गयो । त्यो समयमा सिम्ता चिङ्गाड जाजरकोट आधाभागको थोक व्यापार रामघाट हुन्थ्यो । त्यो समयका दयाराम गिरी, भिजिटर थापाबाट मित्र दिएको रकम सुन विक्रिबाट आएको रकम केहि उधारो फेन्सी विसाद खानाको व्यापार ल्याएर जामुने वजार शुरु गरेको हुन ।
व्यापार शुरु गरेको एक बर्ष भित्र हालको जामुने वजार पसल भएको घडेरी किनी एकतला घर बनाएका थिए । व्यापार साथै वावुले गरेको ज्योतिष हिन्दु देवदेवी पुजन कार्य पनि शुरु गर्दा सिम्ता क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल हु“दै व्यापार फस्टाउन थालेको थियो । २०५२ सालबाट सशस्त्र युद्ध गरिरहेको माओवादी देशभर विस्तार भएर जामुने बजारसम्म विभिन्न प्रकारले दिनरात युद्ध लागि चन्दा उठाउन थालेपछी बाध्यताबस प्रायः व्यापारी सरकारी नोकरी गर्नेहरु मासिक आर्थिक सहयोग दिन थालेका थिए ।
२०५८ जेठ १९ गते नाराहिनी दरवारमा राजा वीरेन्द्रको वंशनास हुने गरी षडयन्त्रपूर्वक हत्या भएपछी देशभर संकटकाल लागु भयो । त्यहि बर्षको तीज पर्वमा आवश्यक सामान ल्याउन एक लाख सताइस हजार नगद र १० तोला सुन लिएर नेपालगन्ज बजार जा“दा सिम्ता जामुने वजारका कुनै प्रतिष्प्रर्धी व्यापारीले यहि समयमा माओवादीलाई सहयोग गरेको छ भनि गुप्त सूचना तत्कालिन शाही नेपाली सेना चिसापानी बा“के व्यारेक गरेकाले उनलाई पक्राउ ग¥र्यो ।
त्यो समय उनीलाई जस्तै आरोपमा म संगै हिरासतको कठिन सजाय नेपालगंन्ज बजारका साहु प्रमोदजलान सोमराज अग्रवाल माओवादी नेतृत्व नवराज पुरी थुनिएका थिए । हिरासतको यातनामय वसाईमा दारी, जुंगा समेत सफा गर्न मिलेको थिएन । माओवादी सशस्त्र द्धन्द्धमा होमिएका नेताहरु तिमी, व्यापारी विना अपराध यति कठिन यातनामा नबस । पैसा नमिले पनि बाहिर जाऊ भन्थे । मेरो पैसा राजस्व दाखिला भैसक्यो अब पाइँदैन तिमी खास युद्ध नेता रहनेछौ विदाई पाउँछौ भनि व्यारेकले भनिरहेको थियो । म भने रकम नपाएसम्म बाहिर जान्न भनि अड्डी लिएको थिए । अन्त्यमा हिरासत सबैले फुर्सद दिन्छ भने पैसाको माया नगर जाउ बाहिर भनेपछी ७९ दिन यातनामय हिरासतबाट निस्किएर दारी, जुँगा खौरिए । त्यसपछी पनि जामुने वजार आएर माओवादीले शान्ती वार्ता सफल नहुन्जेल सानोतिनो सहयोग मागी रहेका थिए । सानतन धर्ममा बढि आस्था राख्ने व्यतिm भएकोले सिम्ता–६ जामुने वजार पिपल चौतारा नजिक श्री शिदेस्वर महादेव मन्दिर निर्माण गरी मुर्तिसमेत बनाउन लगाए । पुजापाठ, आस्थावानहरु दर्शन गर्न आउने जाने गरी रहन्छन व्यापारको साथ साथै सिम्ता गा.पा.–६ मा नै योगी कृषि तथा पशु फार्म सञ्चालन पनि गरेका छन् ।
उनी भन्छन यो सिम्ता पुरानो बस्ती हो । यहा“ प्रकृत्तीले विभिन्न खोलाहरु भेरी बनाएका ठुला फा“टहरु छन् । पहाडमा अर्गानिक माछा, कृषि, तरकारी, पशुपालन, फलफुल फार्म जटीवुटी हुने प्रशस्त जमिन जंगल रहेको छ । युगौयुग देखी गुजरामुखी कृषि पशुपालनबाट सिम्तालीहरु आत्मनिर्भर थिए । प्राय धेरै सिम्तालीहरु परदेशको भाडा श्रमदास हुन जाँदैन थिए ।
वहुदलिए प्रजातन्त्र संघीय गणतन्त्र प्राप्तपछि खुल्ला बजार अर्थनीतिले र यातायातको सुविधाले विश्वमा उत्पादिन वस्तुहरु मनोरन्जन साधन बजारमा आउँदा ती उपयोग गर्दा त्यो गुजरामुखी पशु कृषिबाट उपयोग गर्न नपुगी प्रायः सिम्ताली युवाहरु विश्वका विभिन्न मुलुकका वितिय कम्पनीहरुमा श्रमदास भएर जा“दा गाइहरु घरबाट छाडा छोडेर वालीनाली सखाप पार्न थालेपछी सिम्ता गाउ“पालिकाले गोठालो तलव दिएर ठुलो एकतले कर्कट पाताको गोठ निर्माण गरी सिम्ता भरी घरबाट भगाएका गाई राखीएको छ । यो समस्या लुम्बीनी, कर्णाली सुदुरपश्चिम प्रदेशमा एक नास रहेको देख्न पाईन्छ । अहिले जन निर्वाचित तीन प्रकार सरकार पुग्ने परीपार्टीमा ९ महिने १ बर्षे नेतृत्व राज्य चलाउने व्यवस्थापन अन्त्य होला र पा“च बर्षसम्म एउटा पार्टीको वा मिलीजुली सरकारमा गै राज्य चलाउलान् । बहुमुल्य विभिन्न प्रकारका उत्पादित भुमि, कृषि, पशुपन्छी पालन, पर्यटन, जडीबुटी, सिँचाई विजुलीबाट आत्मनिर्भर सिम्ता होला भनि पार्टी नेतृत्वलाई आफनो शिद्देस्वर महा“देवसंग हरेक विहान, वेलुका प्राथना गर्छन । भन्ने पनि गर्छन । प्रकृत्ती मात्र दिएर हुने रहेनछन । त्यसको उपयोग गर्ने गराउने सवल राजनैतिक नेतृत्व चाहि“दो रहेछ ।
मेरो नेपालमा लामो समय सामान्ती राज्य व्यवस्थापन सामान्ती संस्कार यि १ वहुदलिय पार्टी नेतृत्वलाई पनि सत्तामा जाने सवैभन्दा बढि धन कमाउने विभिन्न विकृत्ती राज्य शक्ति प्रयोग गर्ने सामान्ती संस्कार कहिले अन्त्य होला भन्छन । उनका २ छोरा जेठा यामनाथ, कान्छो चित्रनाथ योगी संगोलमा रहेका छन् । कान्छा छोरा विवाह भएर नाती समेत रहेको छ । जेठा छोरा काम विशेषले घरको छतमा गएको समयमा खसेर चोट लागी उपचार गर्दा समेत आँखाको नसामा असर पर्दा राम्रो आँखा देख्न नसक्ने अवस्था हु“दा उपचारको लागी अल इन्डीया इस्टिच्युट साइन्स अफ मेडिकल कलेज दिल्ली भर्ना छन् । करिव ४० लाख भारु खर्च लाग्ने डाक्टरले सल्लाह दिएका यो सिम्ता क्षेत्रमा तिनी जस्ता खुद्रा व्यापारीलाई घर, खेत हुन जाने सम्भावना छ । मनकारी महानुभाव विभिन्न संघ संस्थाले राज्यका तिनै निकायले सहयोगी सम्वेदनशील भएर सहयोग गरे ठुलो उपकार हुनेछ ।
पृथ्वीबहादुर सिंह । सुर्खेत । ५ पुष २०८१, शुक्रबार १२:४९