सम्पादकीय : कर्णालीको क्रिकेट विकासमा लगानी बढाऔं

यतिबेला सिङ्गो नेपाली खेलकुद क्षेत्र नेपाल प्रिमियर लिग (एनपीएल) मय बनेको छ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको एनपीएल नेपाली क्रिकेट इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । हरेक क्षेत्रमा कमजोर मानिने कर्णालीले आफुलाई एनपीएलमा बलियो प्रतिस्पर्धि बनाएर उभ्याएको छ । कर्णालीको प्रतिनिधित्व गर्दै कर्णाली याक्स पाँच अनुभवी विदेशी खेलाडीसहित एनपीएलको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ । आउँदो शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने यस प्रतियोगितामा कर्णाली याक्ससँगै सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स गरी आठ टोली एनपीएलमा भिड्दै छन् । १५ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुने प्रतियोगितामा आठवटै टोलीमा हालसम्म ९१ जना खेलाडी अनुबन्धित भएका छन् । जसमा ५१ स्वदेशी र ४० विदेशी खेलाडी छन् । प्रतियोगिताको ट्रर्फीसमेत सार्वजनिक भइसकेको छ ।

कर्णालीले एनपीएलमा पाँच विदेशी खेलाडीसहित राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा कर्णालीको प्रतिनिधित्व गर्दैछन् । सोमपाल उनै एक्ला अलराउण्डर खेलाडी हुन् जो विश्वकपमा नेपालको तर्फबाट दुई खेलमा सहभागिता जनाएका थिए । हिमालय विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा सोमपालसँगै राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिताको अनुभव संगालेका राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्सन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे अनुबन्धित छन् । याक्सले अनुबन्धित गरेका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी कर्णालीका खेलाडी हुन् । कर्णाली याक्सले भारतीय क्रिकेटका साथै विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका चर्चित विष्फोटक बायाँहाते ब्याटर शिखर धवनलाई अनुबन्धित गरेर उपाधिको मुख्य दाबेदार बन्ने चर्चा कमाएको छ । धवनसँगै पाकिस्तानी खेलाडी हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट यन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद पनि कर्णाली याक्समा अनुवन्धित भएका चर्चित खेलाडी हुन् ।

खेल चाहे जुनसुकै होस् आफैमा चुनौतीपूर्ण हुन्छ । जसका लागि खेलाडी र प्रशिक्षकको कडा परिश्रमको आवश्यकता पर्दछ । कर्णालीमा ठुला प्रकृतिका खेल पूर्वाधारको अभाव छ । अन्य प्रदेशको तुलनामा कर्णालीको खेलकुद क्षेत्रको विकासमा संघीय सरकारले ध्यान पु¥याउन नसक्दा कर्णालीका प्रतिवाभान क्रिकेट खेलाडीको क्षमता प्रर्दशन हुन सकेको छैन । नेपालमा पहिलो पटक आयोजना हुन लागेको क्रिकेटको ठुलो प्रतियोगिता कर्णालीका लागि महत्वपूर्ण मात्रै छैन यसले कर्णालीलाई विश्वमाझ पु¥याउन मद्दत गर्नेछ ।

क्रिकेटका माध्ययमबाट अन्तर्राष्ट्रिस्तरमा चर्चा कमाएका खेलाडीहरुले कर्णालीका नाममा खेल्नु गौरवको विषय हो । खेलकुदले एकआपसमा भावनात्मक एकता कायम गराउन मद्दत पु¥याउछ । त्यसैले राजनीतिभन्दा माथि उठेर नेपाली क्रिकेटको विकासका लागि पर्याप्त भौतिक पूर्वाधार व्यवस्था गर्दै खेलाडीको मनोबल उच्च राख्नतर्फ तीनै तहका सरकारले ध्यान दिनुपर्दछ । खेलाडी उत्पादनमा सरकारले लगानी बढाएर प्रशिक्षण, प्रोत्साहन तथा पुरस्कारको नीति अवलम्बन नगरेसम्म खेलाडीमा मनोबल बढ्दैन । अर्कोतर्फ खेलकुद क्षेत्रलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न सकिए मात्रै खेलाडीले देशको नाम रोशन गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया