संकटमा सारङ्गि गाउँमा देखापर्न छोडे गाइने दाई


सरला सुवेदी।
कोहलपुरका गोपिलाल गन्धर्व अझैपनि सारङ्गि रेट्दै छन् । सारङ्गि बजाउने पेशा लोप हुदै गएपनि उनिले यो पेशाले नै आफ्नो परिवार पालिरहेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ गन्धर्व बस्तिका ५९ बर्षिय गोपिलाल गन्धर्व आफ्बो बुवा बाजेले गर्दै आउनु भएको पुर्खौलि पेशालाई अझैपनि निरन्तरता दिदै आइरहेका छन् । पहिले पहिले जस्तो गाइने दाइको पेशामा मान सम्मान अहिले नभएको उनि गुनासो गर्छन् ।

पहिले हामि सूचनाको सम्बाहकका रुपमा चिनिने गर्थेउ तर अहिले धेरै गाउँठाउँमा जादा काम गरेर खानका अल्छिले माग्न आउने भन्दै कोही कोहिले होच्याउने गालि गर्ने गरेको तितो यथार्थ उनि पोख्छन् ।

आफुले यो उमेर सम्म बाउ बाजेले गर्दै आएको पुख्र्यौलि पेशा समाल्दै आइयो अब आफुहरुको शेष पछि आफ्नो समुदायको पेशा नै लोप हुने बताएका छन् । एघार बर्षको उमेर देखि बुवाको अघिपछि गर्दै सिकेको कामले नै आफु सहित सिङ्गो परिवार धानिरहेको बताउछन् । तर आफु पछि आफ्ना छोराहरुलाई पनि यो पेशा सिकाउदा चासो नदिएको बताउछन् । गोपिलाल गन्धर्व कोहलपुरमा मात्रै होइन सारङ्गि लिएर पुर्व मेचि देखि पश्चिम् महकालि सम्म पुग्ने गरेको बताउछन् । यसरि दिनरात सारङ्गि लिएर जनचेतनामूलक गित गाउदै हिड्दा पनि दैनिक रुपमा कहिले पाँच छ सय त कहिले १ हजार देखि १२ सयसम्म कमाई हुने गरेको बताउछ्न। तर यसि घर घर हिड्दा पहिलेको जस्तो अहिले कमाई नहुने बताउँछन ।गोपिलालका तिन छोरा र दुई छोरि अनि श्रीमति सहितको परिवार छ । आजसम्म जसोतसो गुजारा चलेको तर अब उमेरले नि धेरै ठाउँ जान नसक्ने उनि बताउछन् ।

गोपिलालको जस्तै कथा अनि व्यथा प्रेम बहादुर गन्धर्वको पनि छ ।
कोहलपुर नगरपालिका–११ का प्रेम बहादुर गन्धर्व ६२ वर्षका भए । उनले १४ वर्षदेखि सारंगी बजाउन थालेका हुन् । उनले बाल्यकाल, युवा अवस्था हुँदै वृद्धावस्थाको जोहो सारंगीबाट गरिरहेका छन् । पिठ्युँमा अन्नको भारी र कोखमा सारंगी बोकेर महिनौँ गाउँ घुमेको अनुभव प्रेमबहादुरसँग छ । सारंगी बजाउन बाँके, बर्दिया गुल्मी , पाल्पा ,दाङ, सल्यान र रोल्पा जुम्ला कालिकोटका गाउँ–गाउँमा पुगेको प्रेम गन्धर्व बताउँछन् । पहिले पैसाको चलन थिएन् । गाउँ–गाउँमा दिएको अन्नले गन्धर्व समुदायले परिवार चलाउँथे ।

त्यसवेला पैसा नभए पनि महत्व र आत्मसम्मान बेग्ले भएको प्रेम बहादुरले बताए । गाउँमा सूचना र सञ्चारको पहुँच थिएन । गन्धर्वले सुनाउने घटनासँग नागरिकको चाख हुन्थ्यो । टोलमा गन्धर्व पुग्दा घटना सुन्न आउनेको तँछाडमछाड चल्थ्यो । कारुणिक गीतको सारंगी धुनमा गन्धर्वले प्रस्तुत गर्ने घटनाले सबैका आँखा रसाउँथे । ‘सारंगीमा घटना सुनाउँदै जाँदा कैयौँ मान्छे रुन्थे । रुनेहरूले नै प्रभावित भएर अन्न र पैसा थप्थे,’ उनले भने, ‘ठूला घटना सुनाउँदा जिल्लामा स्वीकृति लिनुपर्थ्यो ।’

प्रेम बहादुरले देशको व्यावस्था र परिवारमा गरिबीले निम्त्याएको संकट प्रत्यक्ष भोगे । व्यक्ति, समुदाय र देशको अवस्थाका गीत गाउँदै देशका विभिन्न भाग घुमे । उनका तिन भाई भाइ छोरा तिन बहिनि छोरि छन् । तर, कसैले पनि सारंगी बजाउन जान्दैनन् । ‘कुनै वेला ज्यान पाल्ने गतिलो पेसा अहिले ओझेलमा प¥यो, उनले भने, ‘मेरा आफ्ना कुनै छोरा छोराछोरीले सारंगी बजाउँदैनन् । श्रमलाई लाजको विषय बनाएकाले पेसा पुस्तान्तरण भएन ।’
कोहलपुरकै दलबहादुर गन्धर्व जब सारङ्गी रेटेर गीत गाउन सुरु गर्छन्, सुन्नेहरुको आङ्ग नै सिरिङ्ग हुन्छ । उनी छाक टार्नका लागि होइन, लोकबाजा सारङ्गीसँगै गन्धर्वको पेशा नै लोप हुन थालेपछि त्यसको संरक्षणमा राष्ट्रप्रेमले भरिएका गीत गाउँदै हिँड्छन् । लोकबाजा सारङ्गीलाई बचाउन आफूले मेची–महाकाली अभियान थालेर टिमसहित हिडेको उनि बताउँछन् ।

आफ्नो बुवा बाजेले गरेको पेशा आफुले निरन्तरता दिदै आएको तर आफु पछि आफ्ना छोराहरूले यो पेशा नअपनाउदा पेशा संकटमा पर्ने र सारङ्गिको धुन नै लोप हुन्छ कि भनेर अभियान सन्चालन गरेको उनि बताउछन् ।

त्यसो त उनी छाक टार्नका लागि नभई सारङ्गी बाजा र गन्धर्वको पेशा संरक्षणका लागि हिँडेको बताउँदै भन्छन्, ‘मैले आफ्नो पेट पाल्नका लागि नभई आफ्नो संस्कृति र मौलिकता बचाउनका लागि अभियानमा त्यो बेला हिँडेको थिए। तर कसैले अभियानलाई सघाउन सहयोग गर्नुभयो भने त्यसलाई स्वीकार गर्ने गरेको छु ।’

सम्पत्तिको नाममा हाम्रो यही सारंगी बाजाबज्नै छाड्यो भन्छन् सबैले गाउँघरमा ।आज साँच्चिकै गन्धर्वको सम्पत्ति नै सारङ्गी हो । सारङ्गीले नै गन्धर्वको दैनिकी व्यतित हुन्थ्यो । तर नयाँ पुस्ताले यो पेशाप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको छ । दलबहादुर भन्छन्, ‘नयाँ पुस्ताले पेशा छोडिसक्यो । सामाजिकरुपमै गन्धर्वलाई तिरस्कार गरिन्छ । त्यसैले पनि नयाँ पुस्ता यो पेशाभन्दा टाढा रहन खोज्यो ।’दलबहादुरले भनेजस्तै सामाजिक रुपमा गन्धर्वलाई हेप्ने गरिन्छ । उनी भन्छन्, ‘एउटा विदेशी गितार बोकेर सडकमा हिँड्दा म्युजिसियन आयो भन्छन् भने एउटा गन्धर्व सारङ्गी बोकेर हिँड्दा माग्न आयो भन्छन् । यसले पनि नयाँ पुस्तामा सारङ्गी मोह हराउँदै गएको छ ।’ उनले पछिल्लो पुस्ताले यसलाई बजाउने त के हेर्ने पनि छोडेको दलबहादुरले बताए ।

हिमाल पहाड तराई मधेस सन्देशको माध्यम भईहरहेर घटना सुनाइ दिन्थ्यौं गाउँका घरघर गई पुरानो लोक मौलिक सारङ्गी बाजा कुनै बेला एउटा गाउँको खबर अर्को गाउँमा त एउटा जिल्लाको खबर अर्को जिल्लामा पुर्याउने माध्यमका रुपमा थियो । जतिबेला रेडियो नेपालको समेत स्थापना भएको थिएन । एक गाउँको खबर अर्को गाउँमा पुग्न सारङ्गी बोकेर गन्धर्व नै चाहिन्थ्यो । दलबहादुर भन्छन्, ‘गाउँमा विद्यालय थिएनन्, रेडियो नेपाल थिएन, पत्रकारजस्तै गाउँगाउँमा खबर पर्याउन गन्धर्वहरु चाहिन्थे ।’

सारङ्गी बोकेर एउटा गन्धर्व गाउँ छिरेपछि गन्धर्व आए भन्दै गाउँभरिका मानिस भेला भएर सारङ्गीको धुनसँगै गीत सुन्थे । ‘घरघरका घटना, गाउँगाउँका खबर, जिल्ला जिल्लाका समाचार हामीलाई थाहा हुन्थ्यो,’ दलबहादुर भन्छन्, ‘हामीले आफ्नो स्थायी बसोबासको समेत ख्याल नगरेर समाचार पुर्याउने माध्यम बन्यौं । तर अहिले हामीले न स्थायी बसोबास पाएका छौं न त राज्यबाट कुनै सम्मान नै पाएका छौं ।’विद्यालय तहमै यसको अध्ययन गराउन सकियो भने पनि यसप्रति गन्धर्व मात्रै होइन अन्य समुदायका विद्यार्थीले पनि यो बाजा सिक्ने अवसर पाउनेछन् र यसको संरक्षणमा थप टेवा पुग्नेछ । यसले रोजगारी समेत सिर्जना गर्नेछ । यसका लागि प्रदेशका मन्त्री एवं मुख्यमन्त्री र संघका मन्त्री एवं प्रधानमन्त्रीसँग पनि भेट्ने योजना बनाएको दलबहादुर बताउँछन् । ‘हामी सहयोग माग्नका लागि नभई सारङ्गीको संरक्षणका लागि पहल गरिदिन मन्त्री ज्यूहरुलाई आग्रह गर्नेछौं,’ दलबहादुरले भने ।

राष्ट्रका कथा व्यथा गन्धर्वले गाउने नेपाली भई नेपालमा बस्ने ठाउँ नपाउने राज्यका सबै कथा र व्यथा गन्धर्वले थाहा पाइरहेका हुन्छन् । तिनै कथा व्यथालाई समेटेर उनीहरु लयवद्व गरी गीत गाउँछन् । राज्यका सबैखाले सूचनामा निरन्तर जानकार भइरहन्छन् र राज्यलाई पीडा पर्दा उनीहरु सान्त्वना दिँदै गीत गाउँछन् । तर राज्यले भने उनीहरुलाई अहिलेसम्म स्थायी बासको व्यवस्था गरेको छैन । ‘तपाईहरुले राम्रो गीत गाउनुभो, हामी बस्ने बासको व्यवस्था गर्छौ भन्ने आश्वासन नेताहरुले दिइरहन्छन् । तर समस्या अहिलेसम्म ज्युँ का त्युँ छन्,’ दलबहादुरले भने ।

‘हामी सारङ्गीमै रुन्छौं, सारङ्गीमै अरुलाई रुवाउँछौं । हामीलाई आफ्नो गास, बास र कपासको वास्ता भएन । तर हामीलाई राज्यले केही दिएन ।’
सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको छ । यसले पनि गन्धर्वहरुको पेशालाई किनारा लगाउने चेष्टा गरिरहेको छ । कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउँदै आफ्नो पेशासँगै मौलिक लोक बाजा सारङ्गीको संरक्षण अभियानमा जुटिरहेका छन् ।‘बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व निरन्तर घटिरहेका छन्,’ दलबहादुरले भने, ‘देशभर यसरि सारङ्गि बजाउदै हिड्ने करिब ४० जनाजति गन्धर्वहरु छौं । जो संरक्षणको अभियानमा निरन्तर लागिरहेका छौं ।’गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेको उनी बताउँछन् । लोक बाजाको संरक्षण र सम्वद्र्धनका लागि प्रदेशमा कम्तीमा एउटा संग्रहालय बनाउनुपर्छ भन्ने गन्धर्वहरुको माग छ । आधुनिकताको नाममा पश्चिमी संस्कृतिको सिको गर्दै नेपालीहरुले आफ्नो संस्कृति र परम्परा बिर्सन लागेको भन्दै दलबहादुरले दुखसमेत प्रकट गरे ।
न बर्षातको चिन्ता, न उकाली ओरालीको सुर्ता, बस उनीहरु सबैखाले अफ्ठ्याराहरु पार गर्दै देशका कथा र व्यथा सुनाउन गन्धर्वहरु कहिले वल्लो गाउँ त कहिले पल्लो गाउँ चाहरिरहे ।

गन्धर्वको जीवन अनौठो र आश्चार्यपूर्ण छ । उनीहरुको जीवन वास्तवमै सारङ्गीमै रुन्छ । गन्धर्वहरु सारङ्गीमा रुन्छन् र अरुलाई रुवाउँछन् । सधैं सारङ्गीमै रुने गन्धर्वहरुले आफ्नो स्थायी बास, गास र कपासको कहिल्यै वास्ता गरेनन् । ‘हामी सारङ्गीमै रुन्छौं, सारङ्गीमै अरुलाई रुवाउँछौं । हामीलाई आफ्नो गास, बास र कपासको वास्ता भएन । तर हामीलाई राज्यले केही दिएन,’ दलबहादुर भन्छन् ।

गन्धर्वको जीवन कथा सारंगीमै रुन्छभोको पेट नाङ्गो छाती कहिले पुरा हुन्छ

भोको पेटलाई अघि लगाउँदै गाउँगाउँका घटना सुनाउँदै गन्धर्वहरु हिडिरहे । न बर्षातको चिन्ता, न उकाली ओरालीको सुर्ता, बस उनीहरु सबैखाले अफ्ठ्याराहरु पार गर्दै देशका कथा र व्यथा सुनाउन गन्धर्वहरु कहिले वल्लो गाउँ त कहिले पल्लो गाउँ चाहरिरहे । उनीहरुले शिक्षा लिनुपर्छ भन्ने हेक्का पनि राखेनन् । उनीहरुको शिक्षा भनेकै सारङ्गी रेटेर देशका कथा व्यथा सुनाउनु थियो । भोको पेट र नाङ्गो छातीमै रमाउन सके गन्धर्वहरु ।

अशिक्षा र बेरोजगारले पार्नु असर पार्यो यो देशको कानूनले सधैं हामलाई मार्यो

‘गन्धर्वहरुले सारंगी रेटेर सुमधुर भाकामा यो कर्णप्रिय गीत गाइरहँदा वातावरण नै संगीतमय बन्थ्यो । अहिले भने ती सब हराउन थाले,’ दलबहादुरले भने, ‘सारंगी, मादल, मुर्चुङ्गा, विनायो, ट्यम्की, सनाही, झ्याम्टा आदी हाम्रा लोकबाजाहरु हुन् तर यिनको बदलामा नेपालीहरु हारमोनियम, गिटार, किबोर्ड, तवला, बिंजु र बासुरीको धुनमा रमाउन छोडेर डिजेमा रमाउन खोजिरहेका छन् । दिनप्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदैछ त्यसैले सरकारले लोकबाजाको संरक्षणका लागि विशेष पहल गर्नुपर्छ ।’ न व्याट्री लाग्छ न चार्चर चाहिन्छ लोक बाजाका धेरै गुणहरु छन् । त्यसमा पनि सारंगीको धुनले अझ मीठास थप्ने दलबहादुरको भनाइ छ । जनताले चासो गर्दैनन् सरकारले पनि समयमै ध्यान नदिए संस्कृति नै लोप हुने खतरामा रहेको दलबहादुरले बताए । नेपाली लोकगीत तथा लोक संगीतमा होइन आधुनिकताका नाममा उच्छृंखल गीतहरुमा डिजेमा डिस्को नाचिन्छ । यसो गर्नु पक्कै पनि राम्रो होइन । पश्चिमी मनले नेपालीलाई छोइसकेकाले नेपाली लोकगीत तथा लोक संगीत संरक्षणको अभियानमा जुट्नै पर्ने आवश्यकता देखिन्छ ।

त्यसवेला अहिलेजस्तै सडक थिएनन् । आर्थिक अवस्थाले गर्जो टर्दैनथ्यो । जीविकोपर्जनकै लागि सारंगी रेट्नुपर्ने बाध्यता गन्धर्व समुदायको थियो । घरमूलीले गाउँ डुलेर अन्न जुटाउँथे । परिवार त्यही आशमा बाटो कुर्थे । ‘गाउँमा सारंगी बजाउनेलाई माग्ने नै ठान्थे, कहिल्यै पाक्ने कुराको ठेगान थिएन,’ चुराबहादुर गन्धर्वका छोरा शरण परियारले विगत सम्झिँदै भने, ‘त्यो जमनामा पनि बाले परिवार हुर्काए ।’ अहिले प्रविधिले पेसा खोसेको उनको गुनासो छ ।

गन्धर्व बिपन्न अल्पसंख्यक सास्कृतिक संघर्ष बिकास संघ समाजका अध्यक्ष शुसिल गन्धर्वका अनुसार कोहलपुर नगरपालिकामा १ सय ५ घरधुरि गन्धर्वको रहेको छ र बाँकेका अन्य पालिका सहित जम्मा जम्मि २सय ७ गन्धर्व जातिको घरधुरि रहेका छन् । कोहलपुरमा रहेका गन्धर्व समुदायका अन्य वडाका गन्धर्वले सारङ्गि बजाउन छोडेका छन् । अहिले गन्धर्व बस्तिका आठ नौ जना गोपिलाल गन्धर्व , शेरबहादुर गन्धर्व दलबहादुर गन्धर्व, कमल गन्धर्व, मानबहादुर गन्धर्व , दिलबहादुर गन्धर्व , गोम बहादुर गन्धर्वब्र सुरेश गन्धर्वले मात्रै जिविकोपार्जनको लागि सारङ्गि बजाउने गरेको बताउछन् । सस्था मार्फत अहिले पनि सारङ्गि लाई लोप हुन दिनुहुदैन भन्ने मनसायले अझै पनि गाउँसमाजमा र कुनैपनि कार्यक्रम र सभा समारोहमा जनचेतनामुलक सन्देशमुलक गित मार्फत सबैलाई जानकारी गराइरहेको बताएका छन् ।

कोहलपुरमा गन्धर्व परिवारलाई सरकारले बनाइदिएका ओत छन् । तर, सीप हस्तान्तरण र जीविकोपार्जनमा सोच कसैको छैन । उनले सारंगी बाजा संरक्षण र गन्धर्वलाई उत्प्रेरित गर्न कोहलपुर नगरपालिकाले बर्षेनि दिने बजेटले आफुहरु जस्ता पुर्खौलि पेशा गर्दै आएको गन्धर्व समुदाय सम्म नआइपुगेको गुनासो गरे ।

गन्धर्व समुदायका व्यक्तिहरुको आर्थिक अवस्था कमजोर भएकै कारण पढाईलेखाई पनि खासै गर्न नसकेको पढ्दा पढ्दै बिचमै पढाई छोडेर भारत काम गर्न जान बाध्य भएको उनि बताउछन् ।

पछिलो पुस्ताका युवाहरुले सारङ्गि रेट्न मन पराउदैनन पढाईलेखाई राम्रो छैन सिप छैन भनेजस्तो रोजगारी नपाउदा समस्या भएको छ । देश भन्दा बाहिर गएर रोजगार गर्ने त्यहाका अधिकान्श युवाहरु कोरोना भाईरसको महामारीसङ्गै अहिले बेरोजगार बनेका छन् ।

परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको बिकाससङ्गै पेशा संकटमा परेको छ ।

सारङ्गि रेट्ने पुर्खौलि पेशा समेत संकटमा परेपछि दैनिक जिवन गुजारा चलाउन समेत धौ धौ भएको स्थानिय अगुवा शेरबहादुर गन्धर्व बताउछन् ।
बर्षौदेखि सारङ्गि रेटेर घरघरमा मनोरञ्जन प्रदान गर्ने गरेका गन्धर्व युवाहरु अहिले पेशा परिवर्तन गर्न थालेका छन् ।

हुन त कोभिडको प्रभाव हरेक क्षेत्रमा परेको छ । कतिपयको रोजगार गुमेको छ भने कतिपयको आर्थिक अवस्था त्यो बेलादेखि कमजोर भएको छ । कोहलपुरको गन्धर्व बस्ति तथा बिपन्न परिवारलाई स्थानीय सरकारले हरेक बर्ष जनचेतनामुलक गित सङ्गित र सिपमुलक तालिम भनेर दुई देखि तिन लाख बढि बजेट बिनियोजन गरेको छ । तरपनि त्यो रकम प्रयाप्त भने नदेखिएको कोहलपुर नगरपालिकाको सामाजिक बिकास शाखा संयोजक इश्वरी प्रसास बिक बताउछन् ।

सुचना तथा सन्चारको बिकास नभएका बेला सारङ्गिको धुनमा देश बिदेशमा घटेका घटनाहरुलाई घर घरमा गैइ सुचना दिने सूचकको भुमिका निर्वाह गर्ने गन्धर्व जातिको लामो इतिहास रहेको पाइन्छ।तर आफ्नै पुर्खौलि पेशाबाट पेट पाल्न कठिन भएपछि अन्य पेशामा लाग्न परेको बिकको भनाई छ ।
कोहलपुका सुरेश गन्धर्वको परिवार नेपाली लोकसंगीतको धरोहरका रुपमा चिनिन्छन। तीन पुस्तादेखि उनीहरूको परिवारले गन्धर्व समुदायको पुर्खौली पेशालाई जोगाउँदै आइरहेको छ । सुरेशका बुवा शेरबहादुर गन्धर्व, सुरेशका छोरा स्वयम् गन्धर्वले यो परम्परागत पेशालाई निरन्तरता दिँदै आएका छन् । गन्धर्व समुदायलाई नेपाली समाजमा घुमन्ते कलाकारका रूपमा पनि चिनिन्छ, जसले परम्परागत बाजा बजाएर गीत गाउँछन् । तिनै बाजा, धुन र गीतका माध्यमबाट उनीहरूले नेपाली संस्कृतिलाई उजागर गर्दै आएका छन् ।

सुरेश गन्धर्वका बुवा लोकसंगीतको क्षेत्रमा निकै परिचित थिए । उनी आफ्नो सारंगीको धुनमार्फत गाउँ–गाउँमा मानिसलाई मनोरञ्जन दिन्थे । त्यो समय र संचार माध्यमको अभावमा सारंगी र गीत नै ग्रामीण क्षेत्रका मानिसका लागि मुख्य मनोरञ्जनको स्रोत थियो। सुरेशका बुवा एक असल गायक मात्र नभएर लोककथाहरू पनि गाउँथे । तिनै कथाहरू गीतका रूपमा प्रस्तुत गर्दा गाउँलेहरू रमाउँथे र इतिहास बिर्सन नसक्ने प्रभाव छोड्थे । उनीहरूको संगीतले जनजीवनसँग जोडिएका विभिन्न सन्देश र चेतना फैलाउने काम पनि गरिरहेको थियो ।

सुरेशले पनि बुवाको पदचिह्न पछ्याउँदै यही पेशामा लागे सुरेश अरु जस्तो घर घरमा नगए पनि बिभिन्न कार्यक्रम मेला महोत्सवमा आफ्नो छोरालाई समेत लिएर जाने गर्छ्न । कोहलपुरमा हुने धेरै कार्यक्रममा सुरेशका बुवा र छोरालाई सङ्गसङ्गै देख्न पाइन्छ । सुरेश गन्धर्व आफैपनि गन्धर्व जातिको पहिचान अनि पुर्खौलि पेशा सारङ्गिको धुन लोप हुन दिन हुदैन यसको सरक्षण गर्नु युवापुस्ताको दायित्व हो भनेर मेचीदेखि महाकालिसम्म अभियानमा दौडिएका छन् ।

समय परिवर्तन भएसँगै संगीतको माध्यम र श्रोताहरूमा पनि परिवर्तन आएको थियो, तर बुवाले भने परम्परागत बाजा र गीतलाई परिवर्तनको लहरमा हराउन दिएनन् । उनले सारंगीको धुन र गन्धर्व संस्कृतिलाई जीवित राख्न निरन्तर प्रयास गरे । गाउँले समाजमा, मेला–पर्वमा र विभिन्न सामाजिक कार्यक्रममा उनको सारंगी अनिवार्य जस्तै भएको थियो। बुवाको संघर्षले परम्परागत संगीतमा नयाँ जोश भरेको थियो ।

तर, सुरेश गन्धर्वको पुस्तामा आइपुग्दा चुनौतीहरू अझ बढेका छन् । आधुनिकता, प्रविधि, र पाश्चात्य संगीतको लहरले गर्दा नेपाली लोकसंगीत र बाजाका पारखीहरू कम हुँदै गएका थिए । धेरै गन्धर्व परिवारले आफ्नो पुर्खौली पेशा छोडेर वैकल्पिक पेशा अपनाएका थिए । तर, सुरेशले भने आफ्नो परम्परालाई निरन्तरता दिने दृढ संकल्प लिएका थिए । उनले संगीत मात्र होइन, गन्धर्व समुदायको संस्कृति र परम्परा संरक्षण गर्नका लागि लागिपरेका छन् ।

यस्तै सस्कृति सरक्षण समिति कोहलपुर बाँकेका अध्य भुपेन्द्र सुवेदीले गन्धर्वको युवापुस्तालाई पुख्र्यौली पेशाबाट आर्थिक रुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने बताए । उनले गन्धर्व जातिको सारङ्गिको धुन बज्ने बित्तिकै पहिले पहिले समाचार पाइने बताउदै अब त्यस्ता मौलिक बाजाको सरक्षण गर्न सबै सरोकारवालाहरु लाग्न पर्ने बताए ।

यस्तै कोहलपुरका साहित्यकार महानन्द ढकालले गन्धर्व जाति, जो एक समय सारंगीको धुनले गाउँ–गाउँ घुम्दै जीवनयापन गर्थे, अहिले आधुनिक युगसँग तालमेल गर्दै नयाँ जीवनशैली अपनाउँदै छन् । सारंगीको सुमधुर धुन र गन्धर्व समुदायको सांगीतिक परम्परा जहाँ लोप हुने खतरामा छ, त्यहाँ बाँकेका गन्धर्व युवाहरूको जीवनशैली र भविष्यबारे सरोकारवाला निकायको चासो जानुपर्ने बताएका छन् ।

उनले गन्धर्व समुदाय नेपाली समाजमा परम्परागत रूपमा घुमन्ते जीवनशैली अपनाउने र लोकगीत तथा गाथाहरू गाएर समाजलाई मनोरञ्जन प्रदान गर्ने जातिका रूपमा परिचित रहेको बताउदै उनीहरूको प्रमुख सांगीतिक बाजा भनेको सारंगी हो, जसले गन्धर्वको पहिचानलाई मात्र होइन, नेपाली सांस्कृतिक धरोहरलाई पनि संरक्षण गर्दै आएको बताए ।

उनले नेपालको ग्रामिण क्षेत्रमा गन्धर्वहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्थे । उनीहरू गीत गाएर ऐतिहासिक, सामाजिक र राजनीतिक घटनाहरूलाई जनमानसमा प्रस्तुत गर्थे । गाउँका मानिसहरूका लागि गन्धर्वले गाएको गीत र सारंगीको धुन मनोरञ्जनको एक प्रमुख स्रोत हुन्थ्यो । तर, आधुनिक समयमा मिडियाको पहुँच, मनोरञ्जनका अन्य विकल्पहरू र सांगीतिक परम्पराको अवमूल्यनले गर्दा गन्धर्वहरूको जीवनशैली र परम्परागत भूमिका संकटमा परेकोमा चिन्ता प्रकट गरे ।

बाँकेमा गन्धर्वहरूको घरधुरि २ सय ७ रहेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका , खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तिसोनारी गाउँपालिकामा गन्धर्व जातिको बसोबास रहेको छ । घरधुरि संख्या यकिन भएपनि जनसंख्या भने ठ्याक्कै थाह हुन नसकेको कोहलपुरका गन्धर्व टोल बिकास समितिका अध्यक्ष दलबहादुर गन्धर्व बताउछन् । पछिल्लो समय आफुहरु भन्दा पछिको पुस्ताले गन्धर्व थर नै लेख्न नरुचाउने कोहिले बैगार नेपालि जस्ता थर लेखाउदा जनगणनामा पनि आफुहरुको ठ्याक्कै संख्या आउन नसकेको उनको भनाई छ ।

सरकारी तथ्यांकमा गन्धर्व जातिको जनसंख्या कम मात्रै देखिन्छ, तर उनीहरूको सांस्कृतिक पहिचान र विरासत भने ठूला छन् । यस गन्धर्व समुदायका अधिकांश मानिसहरू आर्थिक रूपमा कमजोर छन् र आधुनिक परिवर्तनका कारण उनीहरूको परम्परागत पेशा प्रभावित भएको छ ।
सारंगी नेपाली सांगीतिक बाजाको प्रतीक बनेको छ । यस बाजाको धुन मात्र नभई यसको सांस्कृतिक महत्त्व पनि अत्यन्तै गहिरो छ । तर बाँकेका गन्धर्व युवाहरूका लागि यो बाजाको भविष्य चुनौतीपूर्ण छ ।

यस्तै दलित अगुवा पुजन बिश्वकर्माले पछिल्ला वर्षहरूमा गन्धर्व युवाहरूले सारंगी बजाउन छाड्दै गएको बताएका छन् । गाउँमा, जहाँ एक समय सारंगीको धुन गुञ्जन्थ्यो, अहिले ती धुनहरू विरलै सुन्न पाइन्छ। आधुनिक मनोरञ्जनका साधनहरू र रोजगारीका अवसरहरूको खोजीले गर्दा युवाहरूले परम्परागत पेशाबाट दूरी बनाउँदै गएका छन्। यहाँका युवाहरू कोहि भारत गएका छन् त कोहि यहि ज्याला मजदुरि गर्न बाध्य भएको उनि बताउछन् ।

पछिल्लो समय गन्धर्व समुदायका व्यक्तिले यो पेशालाई त्याग्दै जादा अन्य समुदायका युवाहरुले आधुनिक तरिकाले सारङ्गिको धुनलाई मोडिफाइ गरेर रेष्टुराँ र ठूला होटलहरूमा कहिलेकाहीं सांगीतिक कार्यक्रमहरूमा सारंगीको धुन सुनाउने गरेका छन् ।, तर ती बजाउनेहरू प्रायः पेशेवर संगीतकार हुन्छन्, जो परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित छैनन् । यसले गन्धर्व समुदायमा उनीहरूको सांस्कृतिक बाजा र पहिचानको भविष्यप्रति झन चिन्ता बढाएको छ।

यस्तै मानबहादुर गन्धर्वका २१ बर्षिय छोरा रामबहादुर गन्धर्वले पनि यो पेशा नअपनाउने सोच बनाएका छन् । उनि भन्छन् गन्धर्व युवाहरूले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न थालेका छन् । बाउबाजेको अवस्था उनिहरुलाई समाजले गर्ने अपहेलनाले र दिनभर घाटि सुकाई सुकाइ गित गाउँदापनि छाक टार्न मुस्किल परेको देख्दा आफुहरुको रुचि मरेको बताउछन् ।

यस्तै कमल गन्धर्वका ३५ बर्षिय छोरा सुरज गन्धर्वले पनि बाउबाजेको पेशा नगरेर अटो चलाउने गरेका छन् । उनि भन्छ्न आधुनिक बाजाले हाम्रो पेशा लोप भयो पुरानो तरिकाले घर घर डुल्न मन मान्दैन त्यसैले अटो चलाउछु र आफ्नो र परिवारको दैनिक गुजारा चलाउछु ।

पछिल्लो समय बाँके कोहलपुरका मात्र नभएर अन्य जिल्लाका युवाहरुले पनि परम्परागत रूपमा सारंगी बजाएर जीवनयापन गर्ने परिपाटीलाई छाडेर, धेरैजसो गन्धर्व युवाहरूले अन्य रोजगारीका अवसरहरू खोज्न थालेका छन् । केही विदेश रोजगारीमा गएका छन् भने केहीले नेपालगन्ज ,कोहलपुर र अन्य सहरहरूमा दैनिक श्रमिकका रूपमा काम गरिरहेका छन् ।

युवाहरू आधुनिक शिक्षामा जोड दिन थालेका छन् र परम्परागत संगीतलाई मात्र आफ्नो पेशा बनाउने विचारलाई पछाडि राखेका छन् । उनीहरूको यो बदलिँदो सोचाइले सारंगी जस्तो ऐतिहासिक बाजाको भविष्यलाई समेत असर गरेको छ ।

गन्धर्व समुदायको परम्परागत संगीतलाई जोगाउन विभिन्न सांस्कृतिक संघ–संस्थाहरूले पहल गरेका छन् । कतिपय युवाहरूले आधुनिक संगीतको संगममा सारंगीलाई प्रयोग गर्दै नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । यद्यपि, गन्धर्व युवाहरूमा परम्परागत संगीतप्रतिको चासो कम हुँदै गएको देखिन्छ ।

कतिपय ठूला होटलहरू र रेष्टुराँहरूले गन्धर्व कलाकारहरूलाई संगीत प्रस्तुतीका लागि निम्तो दिने गरेका छन् । कोहलपुरमा हुने बिभिन्न कार्यक्रमहरूमा कहिलेकाहीं सारंगी बजाइएको देख्न सकिन्छ । तर, यी अवसरहरू गन्धर्व समुदायका सबैलाई समेट्न भने सफल भएका छैनन् ।
सारंगी, नेपाली संगीतमा मात्र सीमित नभई विश्वमा पनि नेपाली सांगीतिक बाजाको ब्रान्ड बनेको छ । यसको मधुर धुनले अन्तर्राष्ट्रिय मंचमा समेत आफ्नो स्थान बनाएको छ। धेरै विदेशी पर्यटकहरूले सारंगीको धुनलाई मन पराउँछन्, जसले गर्दा नेपाली संगीतलाई विश्वभरि फैलाउन मद्दत पुगेको छ ।

तर, बाँकेका गन्धर्व युवाहरूका लागि यो ब्रान्ड बनेको सारंगी आफ्नो पहिचानसँग जोडिएर मात्र सीमित छैन। आर्थिक अभाव र सांस्कृतिक गतिविधिको अभावले गर्दा उनीहरूको यो बाजा बजाउने प्रेरणा घट्दै गएको छ ।

गन्धर्व जातिको भविष्य अहिले अन्योलपूर्ण छ । परम्परागत पेशा सङ्कटमा परेको छ भने उनीहरूको सांस्कृतिक पहिचान लोप हुने अवस्थामा पुगेको छ । यद्यपि, केही गन्धर्व युवाहरूले आधुनिक संगीतसँग जोडेर सारंगीलाई जिवन्त राख्ने प्रयास गरिरहेका छन् ।

समुदायको पहिचान जोगाउन स्थानीय सरकार र अन्य संस्थाहरूले गन्धर्व जातिका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यक देखिन्छ । संगीत र सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्न सकिएमा मात्र गन्धर्व समुदायको सांगीतिक परम्परा संरक्षण गर्न सम्भव छ ।

बाँकेका गन्धर्व समुदायका अगुवाहरु परम्परागत संगीत र सारंगीलाई जोगाउन संघर्ष गरिरहेका छन् । भने युवापुस्ताभने आधुनिक जीवनशैली र आर्थिक चुनौतिहरूका कारण परपर भागिरहदा उनीहरूको परम्परागत पेशा संकटमा परेको छ । तर, गन्धर्व समुदायको सांगीतिक धरोहर बचाउनका लागि स्थानीय र राष्ट्रियस्तरमा थप पहल आवश्यक देखिन्छ ।

सारंगी, जसले गन्धर्व समुदायको पहिचानलाई मात्र नभई नेपाली संगीतलाई पनि विश्वभरि चिनाएको छ, त्यसलाई जोगाउन र भविष्यका पुस्तासम्म पु¥याउन सबैको साझा प्रयास अनिवार्य छ ।

तपाईको प्रतिक्रिया