सिंजामा कानको निःशुल्क स्वास्थ्य शिविर

जुम्लाको सिंजा गाउँपालिकामा बी एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र गुड न्युज फर नेपालसँगको सहकार्यमा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित यस शिविरमा कुल २ सय ५९ जनाले सेवा लिएका छन् । स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार, १ सय ३६ पुरुष र १ सय २३ महिला सहभागी भएका थिए । यस शिविरको विशेष उद्देश्य कानसम्बन्धी समस्या भएका मानिसहरूको स्वास्थ्य परीक्षण र उपचार गरे ।

शिविरमा ४८ जना बिरामीलाई शल्यक्रियाका लागि छनोट गरियो, जसमध्ये २७ पुरुष र २१ महिला छन् । साथै, ११ जनामा कानमा मेशिन आवश्यक देखियो भने ८१ जनामा पिटिए परीक्षण गरियो,स्वास्थ्य सेवामा सीमित पहुँच भएको दुर्गम क्षेत्रका नागरिकहरूले यस्तो स्वास्थ्य शिविरबाट ठूलो राहत महसुस गरेका छन् ।

कान सफा गरिएका १ सय ५० जनामा काने गुजी र फोहोर हटाएर, औषधि वितरण गरियो । यसले स्थानीय बासिन्दामा स्वास्थ्यसम्बन्धी चेतना बढाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले स्थानीय स्तरमा स्वास्थ्य पहुँच वृद्धि गर्ने र भविष्यमा थप शिविरको आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ ।
गरेको हो ।

तपाईको प्रतिक्रिया