तेस्रो अध्यक्ष कप,पादमघाट मेला शुरु


महाबै गाउपालिकामा तेस्रो अध्यक्ष कप,पादमघाट मेला भब्य रुपमा शुरु भएको छ । समाज कल्याण युवा मंच पादमघाटको आयोजना तथा ,ईको हिमाल नेपाल र महाबै गाउपालिकाको आर्थिक तथा भौतिक सहयोगमा तेस्रो अध्यक्ष कप,पादमघाट मेलाको आयोजनामा गरिएको छ । यहि कार्तिक २७ गतेबाट शुरु भएको सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता मंसिर २ गते सम्म संचालन हुनेछ ।

तेस्रो अध्यक्ष कप,पादमघाट मेलामा सास्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुद प्रतियोगिताहरु हुनेछन् । राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने समाज कल्याण युवा मंचका अध्यक्ष अलि बहादुर सिंहले बताए । सिंहका अनुसार विभिन्न खेलकुदका कार्यक्रमहरु सहित कलाकारहरुको सम्मान गरिनेछ । सुन्दर तथा रमणीय ठाउँ पादमघाट गैराखाडामा यतिबेला खेलाडी,दर्शक लगाएत अन्यको उपस्थिती बाक्लो रहेको बताएका छन् ।

महाबै गाउपालिका अध्यक्ष खेम बहादुर सिंह भिजनले नेपाली गित संगितको संरक्षण तथा खेलकुदको विकासका लागि आफ्नो र पालिकामो सदैभ साथ सहयोग रहने बताएका छन् । उनका अनुसार खेलकुद क्षेत्रमा आफ्नो पालिका मात्र नभएर स्वयम आफु लागि परेको उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सदस्य माननीय दुर्ग बहादुर रावतले महाबै गाउपालिकाले गरेको तेस्रो अध्यक्ष कप,पादमघाट मेलामा सफलताको शुभकामना दिएका छन् । माननीय रावतले खेलकुद क्षेत्रको बिकास तथा नेपाली गित संगितको संरक्षण गर्न महाबै गाउपालिकाले चालेको यो कदम महत्त्वपूर्ण रहेको बताएका छन् । उद्घाटन कार्यक्रममा समाज कल्याण युवा मंचका अध्यक्ष अलि बहादुर सिंहको अध्यक्षता, कर्णाली प्रदेश सरकारका सदस्य दुर्ग बहादुर रावतको प्रमुख आथित्यता तथा महाबै गाउपालिका अध्यक्ष खेम बहादुर सिंह , उपाध्यक्ष दानसिंह सेजुवाल र नेता सर्पराज सिंहको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रमका अथितिहरुले कार्यक्रम सफलताको शुभकामना दिएका छन् । पादमघाट मेलामा राष्ट्रिय कलाकार शुरेस शाही,देउडा गायक पुष्पराज आचार्य,गायक महेन्द्र शाही,देउडा गायक बिपना सिंह र गायक रमेश कठायत लगायत स्थानीय कलाकारको प्रस्तुती रहने छ । तेस्रो अध्यक्ष कप,पादमघाट मेलामा भलिबल प्रतियोगिता सहित अन्य खेलकुदका कार्यक्रम हुनेछन् ।भलिबलमा प्रथमलाई १ लाख ५१ हजार र द्वितीयलाई १ लाख, १ हजार पुरस्कार सहित कप मेडल र प्रमाणपत्र रहेको छ । भलिबल खेलमा राष्ट्रिय खेलाडी खेमराज गिरी ले प्रमुख रेफ्रिको भुमिका निर्वाह गर्नेछन् । कार्यक्रमको संचालन बिपद शाखा प्रमुख चक्र बिश्वकर्मा र स्वास्थ शाखा प्रमुख नन्दी शाहीले गरेका हुन ।

तपाईको प्रतिक्रिया