खबरदारी सभाको तयारी गर्दैः जुम्ला माओवादी केन्द्र


नेकपा माओवादी केन्द्र जुम्लाले कात्तिक २९ गते (अर्थात)बिहीबार जुम्लामा हुने खबरदारी सभाको तयारी गरेको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी विषयमा आमसभा मार्फत खबरदारी गर्न लागिएको छ । जुम्लाका ६० वटै वडामा खबरदारी सभा गरिने जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए ।

उनका अनुसार सिञ्जा सभ्यता विधेयकका विषयमा गरिएको झुटो प्रचारप्रसारका विरुद्ध यथार्थ र अन्य जिल्लाका गौरवका आयोजनाका बारेमा कार्यकर्ता तथा स्थानीय नागरिकहरूलाई सन्देश प्रवाहित गरिनेछ ।

खबरदारी सभा सरकारले गरेका पक्षपात , भ्रष्टाचार र बिथितिका बिरुद्ध हने भएकोले सम्पूर्ण पार्टीका कार्यकर्ता सहभागी हुने अपिल भनिएको छ । समसामयिक राष्ट्रिय राजनीति जनतामाझ सत्यतथ्य कुरा पु¥याउन खबरदारी सभा आयोजना गर्न लागिएको हो जिल्ला पार्टीको संयोजक नवराज न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया