भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।
एक करोड १८ लाख ५१ हजार २० भारतीय रुपैयाँ बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् ।
भारत सरकारको तर्फबाट अझै सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिए ।
युग संवाददाता । बाँके । २२ आश्विन २०८१, मंगलवार १०:४२